लुम्बिनी प्रदेशकी मन्त्री रायमाझीलाई पदमुक्त गर्न माग

बुटवल – आफ्नै पार्टीबाट मन्त्री बनेकी सुमन शर्मा रायमाझीलाई फिर्ता बोलाउन माग गर्दै जनता समाजवादी पार्टीकी एक महिला नेतृले निवेदन दिएकी छन् । निवेदनमा उनले रायमाझीलाई सांसदबाटसमेत पदमुक्त गर्न माग गरेकी छन् । मन्त्रीबाट फिर्ता बोलाउन माग गरेसँगै लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रदेशमा देखिएको विवादका कारण जसपाका दुई खेमाका […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभाका अधिकांश संसदीय समिति नेतृत्वविहीन

काठमाडौं । लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समितिमा नेतृत्व नहुँदा समितिका विषयगत काम प्रभावकारी बन्न सकेका छैनन् । प्रदेशसभामा विभिन्न विषयगत सातमध्ये चार समितिको नेतृत्व एकवर्ष भन्दा बढी समयदेखि रिक्त छन् । समितिका केही सभापति तथा सदस्य सरकारका मन्त्री बनेका र केही सभापति प्रदेशसभा सदस्यबाट पदमुक्त भएकाले ती समिति नेतृत्वविहीन भएका हुन । प्रदेशसभामा सार्वजनिक लेखा […]

जसपा लुम्बिनीको विवाद: आफ्नै मन्त्रीलाई फिर्ता बोलाउन निवेदन

जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेकी सुमन शर्मा रायमाझीलाई पदमुक्त गर्न उनकै पार्टीको एक महिला नेतृले निवेदन दर्ता गराएकी छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने लुम्बिनी प्रदेशसभा बैठक शुरू

लुम्बिनी प्रदेश सभाको बैठक पुनः शुरू भएको छ ।  आधा घण्टाका लागि स्थगित गरिएको बैठक भर्खर शुरू भएको छ । बैठकमा मुख्यमन्त्री कूलप्रसाद केसीले विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनेछ । बैठक शुरू भए पनि प्रतिपक्ष दल एमाले बैठकमा सहभागी छैन । सूर्य चिह्नबाट निर्वाचित सांसदहरू अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेका कारण प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको छ । नेकपा एमालेका सांसद एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठक बहिष्कार गरिएको जानकारी दिए ।

एमालेले बैठक चल्न नदिने भएपछि सूचना टाँस गरेर प्रदेशसभा बैठक स्थगित

प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि बिहीवार बोलाइएको लुम्बिनी प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । भदौ १ र २ गते पनि एमालेले बैठक चल्न दिएको थिएन । अर्को बैठक भदौ ७ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।  एमालेले आफूले कारबाही गरेका मन्त्री अजय शाही र सांसद विमला खत्री वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ । उनीहरू दुवै जना सूर्य चिह्नबाट निर्वाचित सांसद हुन् । एमालेले वली र शाहीलाई पदमुक्त नगर्दासम्म संसद चल्न नदिने बताएको छ । शाही ...

एमालेद्वारा वली र शाहीलाई कारवाही

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारका सहभागी बिना विभागीय मन्त्री अजय शाही र सांसद बिमला खत्री वलीलाई पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई आज पत्र बुझाएको छ ।

लुम्बिनीका जसपाका थप दुई मन्त्री पनि राजीनामा दिने तयारीमा

बुटवल।लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिने भएका छन्।प्रदेश सरकारमा सहभागी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग,वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन्।यसअघि नै भाैतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेले राजीनामा दिएका थिए।उनीहरु तिनैजनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक-पटक पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले सांसदबाट पदमुक्त गरिसकेको छ।

लुम्बिनी प्रदेशका जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त

काठमाडौं। लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टीका तीन मन्त्रीहरू सांसदबाट पदमुक्त भएका छन्। प्रदेश सभाले शुक्रबार सूचना जारी गर्दै सन्तोषकुमार पाण्डे, विजय बहादुर यादव र कल्पना पाण्डे पदमुक्त भएको जनाएको हो। यसअघि पनि पदमुक्त भइसकेका उनीहरू अदालतको आदेशबाट पुनर्बहाली भएका थिए। पार्टीले सो मुद्दाको किनारा नलाग्दै पुनः कारबाही गरेको हो। पद पुनर्बहाली सम्बन्धी उनीहरूको मुद्दा अदालतमा विचाराधीन नै छ।

लुम्बिनी प्रदेशमा जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त

लुम्बिनी प्रदेश सरकारमा सहभागी  जनता समाजवादी पार्टी (जसपा) नेपालकाका तीन मन्त्रीहरु सांसदबाट पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचनामा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको उल्लेख गरिएको छ ।  पार्टीले पत्र पठाएपछि प्रदेश सभाले उनीहरुको पद खारेज गरेको हो ।  सांसदबाट पदमुक्त भएका तीनै जना शंकर पोखरेलको नेतृत्वमा बनेको सरकारमा सहभागी हुँदै मन्त्री बनेका थिए । उनीहरु मन्त्री बनेदेखि नै जसपा भित्रको विव

सांसद पद पुनर्वहालीको माग गर्दै लुम्बिनीका ४ मन्त्री सर्वोच्चमा

२ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले आफूहरुमाथि गरेको कारबाही बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । जनता समाजवादी पार्टीबाट निष्काशनमा परेपछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका …

लुम्बिनीमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त

काठमाडौं : पार्टी निर्णय विपरित लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) का चार जना सांसदको पद गुमेको छ। लुम्बिनी प्रदेश सभा सचिवालयले बिहीबार सूचना टाँस गरी चार जना सांसद पदमुक्त भएको जानकारी दिएको छ।पार्टी संसदीय दलले पार्टीको निर्णय विपरीत मन्त्री भएको भन्दै सन्तोष पाण्डे, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई सांसद पदबाट मुक्त गर्ने निर्णयसहितको पत्र संसद सचिवालयलाई पठाएको थियो।‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा ९२० तथा प्रदेश सभा न