काठमाडौं : सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने निर्णय उल्ट्याएको छ। अदालतले आफ्नै निर्णय उल्ट्याएपछि पूर्वडिआइजी कोइरालाको जन्मकैद सदर भएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले कोइरालाको कैद मिनाहाको निर्णय उल्टाएको हो। यसअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको कैद मिनाहा गरेको थियो।काठमाडौं जिल्ला अदालतले पूर्