राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक÷एक मतदानस्थल र सोही मतदानस्थलमा दुई÷दुई मतदान केन्द्र रहने गरी सात मतदानस्थल र १४ मतदान केन्द्र तोकेको छ । आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, बागमती प्रदेशका लागि भुटनदेवी मावि, प्राविधिक शिक्षालय, हेटौंडा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढीलाई मतदान स्थल तोकेको छ ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज विज्ञप्ति जारी गर्दै तोकिएका मतदानस्थलमा प्रदेशसभाका सदस्यका लागि मतदान गर्न तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्लाबेग्लै मतदान केन्द्र रहेको जानकारी दिए । रासस

सम्बन्धित सामग्री

विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना - NepaliPatra

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको हो । नव स्थापित कार्यालयको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले शुभारम्भ गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षबाट सहयोग हुने […]

राष्ट्रियसभा निर्वाचनको मतदान सुरु, नतिजा आजै

काठमाडौं : राष्ट्रियसभा सदस्यको १९ पदका लागि आज मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि नै मतदान सुरु भएको छ।निर्वाचन अन्तर्गत् सातै प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दुई रङको मतपत्रको व्यवस्था गरिएको छ।रातो रङ पालिका प्रमुख उपप्रमुखका लागि र हरियो रङको मतपत्र प्रदेश सभासदस्यका लागि व्यवस्था गरिएको छ। निर्वाचनको परिणाम आजै रातिसम्ममा आउने निर्वाचन आयोगले जनाएको छ।निर्वाचनमा सत्ता ग

राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

काठमाडौं । राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सदस्य पदका लागि मतदान सुरु भएको छ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा अहिले बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । आज ३ बजे मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि […]

दाङमा निर्वाचनको तयारी पूरा

दाङ : लुम्बिनीमा हुने राष्ट्रियसभा निर्वाचनका लागि तयारी पूरा भएको छ। लुम्बिनी प्रदेशका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ।मतदान केन्द्रहरूमा मंगलबार बुथ निर्माणको काम सकिएको निर्वाचन कार्यालयले जनाएको छ।लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समुदाय गरी ३ रिक्त पदका लागि निर्वाचन हुन लागेको हो।लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८१ र स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ गरी २९६ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत न्यायाधीश रीतेन्द्र थापाले बताए।

राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि ८ मतदानस्थल र १४ मतदान केन्द्र

निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त १९ पदका लागि माघ १२ गते हुने निर्वाचनका लागि ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा भएको तयारीबारे जानकारी गराएको हो ।छलफलमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रियसभामा रिक्त १९ सदस्यका लागि यही माघ १२ गते सम्पन्न हुने निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरी जम्मा २०२५

राष्ट्रियसभा निर्वाचन : मतदाता प्रदेश राजधानी आउँदै

बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख÷उपप्रमुख प्रदेश राजधानी सुर्खेत आउने क्रम शुरु भइसकेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशको मतदानस्थल वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा तोकेपछि ७९ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख आउने क्रम शुरु भएको छ । कर्णालीका कतिपय जिल्लाबाट मङ्गलबार नै प्रमुख÷उपप्रमुख वीरेन्द्रनगर आइसक्नु भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन, सातै प्रदेशमा मतदानस्थल तोकियो

निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा उच्च अदालत रहेका जिल्लामा मत मतदान गर्ने गरी मतदान केन्द्र तोकेको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको आयोग बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रिय सभा निर्वाचनका लागि तोकियो मतदान केन्द्र, को को हुन्छन् मतदाता?

काठमाडौं : निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानस्थल तोकेको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै मतदानस्थल तोकेको जनाएको हो। राष्ट्रिय सभाको रिक्त हुन लागेको १८ सदस्य चयनका लागि माघ ९ गते निर्वाचन हुँदैछ। मतदातका लागि प्रदेश नं. १ को मोरङ जिल्ला विराटनगर महानगरपालिकाको बीरेन्द्र

जनप्रतिनिधिलाई परिचय साटासाट गर्न भ्याईनभ्याई

बुधबार १२ बजेर ४५ मिनेट गुज्रिनै लाग्दा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन राष्ट्रियसभा निर्वाचनका लागि भोट खसाल्दै थिए। उनी मतदानस्थल