दाङ : जिल्लाका १० स्थानीय तह मध्ये केहीको नतिजा आइरहेको समयमा मंगलबार भने तुलसीपुर उपमहानगरपालिका १७ मा निर्वाचन हुन लागेको छ।एमालेबाट वडा नम्बर १७ मा वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएपछि गत बैशाख ३० गते निर्वाचन स्थगित भएको हो।मतदानका लागि सम्पूर्ण तयारी पूरा भैसकेको निर्वाचन कार्यालयले जनाएको छ। मतपत्र सम्बन्धित स्थानमा पुगिसकेको बताइएको छ। मतदानका लागि कर्मचारी एवं सुरक्षाकर्मी परिचालन भैसकेका छन्।मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ।&nbs