नेपाल वायु सेवा निगमका उडानहरू बुधबार जापानको कम्तीमा ११ र नयाँदिल्लीको झन्डै ४ घण्टा ढिला भएका छन् । अर्को जगेडा जहाज नहुँदा निगमको मंगलबार राति जापानको नारिता जानुपर्ने उडान ११ घण्टा ढिला उडेको थियो भने दिल्ली जाने वाइडबडीका लागि एउटा पांग्रा व्यवस्थापन ढिला हुँदा बुधबार डेढ बजे हुनुपर्ने उडान साँझ ५ बजे मात्रै भएको थियो ।