निर्वाचन आयोगले मंसिर १ गते राती १२ बजेबाट आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन राजनीतिक दल, उम्मेदवार र सर्वसाधारणलाई सचेत गराएको छ ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि (स्थिर समय ) मंसीर १ गते राति १२ बजेबाट सुरु हुने र ४८ घण्टा अघिबाट निर्वाचन प्रचार प्रसार लगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ ले निषेध गरेकाले त्यस कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको हो ।निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा ग