दोहोरो ओलम्पिक स्वर्ण विजेता रुदिशा विमान दुर्घटनाबाट बालबाल बचे

लगातार दुई ओलम्पिक स्वर्ण पदक जितेका केन्याका मध्य दूरीका धावक डेभिड रुदिशा विमान दुर्घटनाबाट जोगिएका छन् । उनको विमान मैदानमा दुर्घटना भएको थियो । ३३ वर्षीय पूर्व केन्याली खेलाडीले उक्त दुर्घटना भयानक भएको बताए । रुदिशाले लण्डन–२०१२ र रियो–२०१६ ओलम्पिकमा एथलेटिक्सको ४०० मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।रिपोर्टका अनुसार रुदिशासहित अन्य पाँच जना सवार विमान शनिबार दक्षिणपूर्वी केन्याको काजियाडो काउन्टीमा दुर्घटनाग्रस्त भएको थियो। सबै जना किमाना वन्यजन्तु आरक्षमा आयोजना गरिएको वार्षिक