काठमाडौँको मध्यम वर्गीय परिवारमा जन्मिएकी भए पनि विदेशिने रहर कहिल्यै पलाएन । जे छ, त्यसमै सन्तुष्ट छु । मलाई स्वदेशभित्रै घुम्ने डुल्ने चाहिँ असाध्यै सोख छ । देश कोभिड–१९ को चपेटामा पर्नुअघि आफ्ना हरेक छुट्टी विभिन्न ठाउँमा घुम्न जान्थेँ । कहिले घरपरिवारसित, कहिले साथीभाइसित । नयाँ नयाँ ठाउँ घुम्ने पनि नशा नै रहेछ । अलि लामो बिदामा बिनाअवरोध घुम्न पाउँदाको मज्जा नै बेग्लै ।सन् २०१८ को नोेभेम्बरतिर भारत भ्रमणमा जानुपर्ने भयो । आफू काम गर्ने शैक्षिक संस्थाले विद्यार्थीलाई विभिन्न देशमा भ्रम