पाहुना आउने दिन, बिहानै उठेर घरको सरसफाइ गरें मैलेकुना कप्चेराबाट वर्षौंको धुलो निकालेरकिनेकै पानी भए पनि थोत्रो टालो पटक-पटक भिजाएरघोटी-घोटी सस्तो कार्पेट पुछेरजति टिलिक्क बनाए पनिपाहुनाका आँखाले पुराना र थोत्रा सामान चिनिहालेफ्रिज, वासिङ मेसिन र टेलिभिजन खोजिरहेअहँ थकाइ लाग्ने भयंकर सरसफाइले मेरो गरिबी छोपिएन श्रीमतीले खर्च माग्दा,कहिले ठूलो नोट मात्र छ भनेर त कहिले खुजुरा पैसा मात्र छ भनेर टारेँ मैलैछोराछोरीले चिकेन तन्दुरी र म:म खाने भन्दा,जंक फुड र पोसिलो खानाको पाठ पढाइ