जसरी साइबेरियन चराहरु जाडो छल्न मेरो देश आए त्यसैगरी मेरो देशका चराहरु पनि गरिबी छल्न अरब गए ।।कवि नरेश भण्डारी उर्फ न्याथन रायनले ‘पोयट आइडल नेपाल’मा सुनाएको यो कविता सामाजिक सञ्जालमा ‘भाइरल’ छ । उनले अनुभूतिका साथ वाचन गरेको यो कवितामा परदेशीनुको बाध्यता र पीडा एकसाथ पोखिएको छ । यस्तै बाध्यता र पीडाका घनिभूत दृश्य देखिन्छन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर ।महोत्तरीका सुलेमान अन्सारी साउदी जानको लागि विमानस्थल पुग्नुभएको छ । उमेरले ६० वर्ष पुग्नलाग्दा पनि वैदेशिक रोजगारीकै भरमा हुनु...