बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी, साना दलसँग मिलेर बहुमत पुर्याउने एमालेको दाउ

हेटौंडा : नेकपा एमालेले बहुमत गुमाएर मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेसँगै विपक्षी गठबन्धनबाट राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन्। नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गर्न मंगलबार निर्वाचन आयोगको कार्यालय हेटौंडामा पुगेका पाण्डेले केही दिनमा नै मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार ढल्ने भन्दै अबको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका हुन्। ‘अहिलेको सरकार अल्पमतमा परिसकेको छ। अब यो सरकार धेरै दिन टिक्दैन, गठबन्धनको नयाँ सर

सम्बन्धित सामग्री

बागमतीको मुख्यमन्त्रीमा गठबन्धनभित्र भागबन्डाको लफडा

मकवानपुर । बागमती प्रदेश सरकारको नेतृत्वका विषयमा सत्तारुढ गठबन्धन दलहरू बीच भागबण्डा मिल्न सकेको छैन । गत बिहीबार सरकार गठनका लागि आह्वान गर्दै प्रदेश प्रमुखले पुस २५ गते अपराह्न ४ बजेसम्म सरकार निर्माणका लागि बहुमत

गठबन्धन दलहरुबीच बागमतीको मुख्यमन्त्री बन्न हानथाप

सरकार गठनका बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेसँगै बागमतीको राजनीति गर्माएको छ  । सरकार गठनका लागि प्रदेश प्रमुखले ५ दिनभित्र दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुसँगको सहकार्यमा बहुमत प्राप्त दलका नेताले मुख्यमन्त्रीमा दाबी पेस गरी सरकार गठनका लागि आह्वान गरेका हुन् । उनले ५ दिनभित्र मुख्यमन्त्रीमा बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गर्न आह्वान गरेका छन् । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका...

बागमतीको मुख्‍यमन्त्रीमा राजेन्द्र पाण्डेलाई प्रस्ताव

४ कात्तिक, काठमाडौं । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । बिहीबार प्रदेशसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले चार दलीय गठबन्धनका तर्फबाट पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको बताए । बागमती प्रदेशमा बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदैछिन् । तर शाक्यको पक्षमा प्रदेशसभामा बहुमत छैन । […]

बागमतीको मुख्यमन्त्रीमा कस्ले मार्ला बाजी ?

काठमाडौं, १४ असोज । केन्द्रमा सरकार गठन गरेको गठबन्धनले बागमती प्रदेशको सरकार बनाउन सक्ने अवस्था छ । बहुमत काँग्रेससहितको गठबन्धनसँग छ । तर, मुख्यमन्त्री को बन्ने टुंगो नलाग्दा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार टिकिरहेको छ । बागमती प्रदेशमा नेपाली काँग्रेसका इन्द्र बानियाँलाई मुख्यमन्त्रीका लागि बढाउन सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक कदम चालिसकेका छन् । […]