सरकार गठनका बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेसँगै बागमतीको राजनीति गर्माएको छ । सरकार गठनका लागि प्रदेश प्रमुखले ५ दिनभित्र दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुसँगको सहकार्यमा बहुमत प्राप्त दलका नेताले मुख्यमन्त्रीमा दाबी पेस गरी सरकार गठनका लागि आह्वान गरेका हुन् । उनले ५ दिनभित्र मुख्यमन्त्रीमा बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गर्न आह्वान गरेका छन् ।
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका...