बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले आजै दाबी पेश गर्ने, भोलि नियुक्ति र शपथ

बागमती प्रदेशमा गठबन्धनले बुधवारै मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएको छ । अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभामा दुई वा दुईभन्दा बढी दलहरूको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका छन् ।  बुधवार साँझ ५ बजे गठबन्धनको तर्फबाट राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न लागिएको माओवादी केन्द्रका सांसद युवराज दुलालले जानकारी दिए ।  ‘गठबन्धनको तर्फबाट राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन दा...