सोमनाथ लुइँटेल,पाल्पा/हाल,युगान्डा ।
जीवनमा देखेको होइन लेखेको पाइन्छ । यो भनाइ भनाइ मात्र होइन । मेरो जीवनमा त लागू नै भएको छ ।
देखेको हुन्थ्यो भने आज पनि म नेपालमा एउटा व्यवसायी भएर बसिरहेको हुन्थ्यें । तर लेखेको भयो र त विभिन्न दुःख सुख भोग्दै यहाँ युगान्डामा छु ।
आफ्नै देशमा म व्यवसाय गर्दै थिएँ । तर टाट पल्टिएँ । त्यसपछि कामको खोजीमा भारत गएँ । भारतमा पनि सजिलो कहाँ भयो र । आफूले चाहेजस्तो काम नपाइने, पाएको काम गर्दा मन नमान्ने । विभिन्न दुःखहरू सहन पर्यो त्यहाँ । जस्तो भए पनि जे भए पनि काम ...