विप्लवद्वारा सचिवालय सदस्य वली र बास्तोलालाई पार्टीबाटै निष्कासन

काठमाण्डाै – विधान विपरीतका क्रियाकलाप गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकास वली र धर्मेन्द्र बास्तोलालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट निष्कासन गर्नुभएको छ । विप्लवले आज विज्ञप्ति निकालेर क्रान्तिको सामान्य सिद्धान्त विपरीत पार्टी बैठकका निर्णय र नेतृत्व विरुद्ध सञ्चारमाध्यममा छाडा र अराजक अन्तर्वार्ता दिने तथा वक्तव्य जारी गर्ने जस्ता क्रियाकलाप गरेको भन्दै वली र बास्तोलालाई निष्कासन गरिएको जानकारी दिनुभएको छ । पार्टीले पालिका तहको चुनावमा पठाएका उम्मेदवारलाई सहयोग गर्नुको ...

सम्बन्धित सामग्री

एमाले प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजन माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी उनीहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् । अध्यक्ष प्रचण्डले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु […]

राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्य धेरै भए : गगन

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अनावश्यक खर्च कटौती गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरेका छन्।बुधवार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरेका हुन्।उनले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारी सबैले अत्यावश्यक बाहेकको खर्च कटौती गर्नुपर्ने बताए।उनले भ

नेकपाकालीन बहुमत सचिवालय सदस्य छलफलमा

काठमाडौं : तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरूबीच छलफल सुरु भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रका संसदीय दलको कार्यालयमा नेताहरुबीच छलफल जारी छ। छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम सहभागी छन्।यसअघि पनि यी पाँच नेताबीच छलफल भएको थियो। आजै मात्र प्रचण्डले जनता समाजवादी पार्टी

नेकपा कालका बहुमत सचिवालय सदस्य छलफलमा

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यबीच छलफल सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वामदेव गौतमबीच सामूहिक छलफल सुरु भएको हो ।छलफलका लागि नेताहरू सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा पुगिसकेका छन् । उनीहरुबीच छलफलको एजेण्डा के हो भन्ने खुलाइएको छैन । यद्यपि नेताहरुबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल हुनसक

अध्यक्ष प्रचण्डसँग छलफलपछि सिन्धुली माओवादीका नेताले फिर्ता लिए राजीनामा

काठमाडौं । पार्टी भित्रको आन्तरिक विबादलाई लिएर राजनीनामा दिएका सिन्धुलीका माओवादी नेताहरुले आफ्नो राजीनामा फिर्ता लिएका छन् । स्थानीय तहको टिकट वितरणको विषयलाई लिएर विबाद चुलिएपछि माओवादी केन्द्रका वागमती प्रदेश सचिवालय सदस्य एवं सिन्धुली जिल्ला संयोजक रामकुमार पौडेल,बागमती प्रदेश सचिवालय सदस्य एवं मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन र बागमती प्रदेश सचिवालय सदस्य संगिता माझीले पदबाट […]

नेकपा सचिवालय सदस्य बास्तोला र ओलीमाथिको कारबाही फिर्ता गर्न माग

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले पार्टीका दुई नेतामाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । क्रान्तिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै विप्लवले कारबाही गरिएका पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र  हेमन्त प्रकाश ओलीमाथिको कारबाही फिर्ता लिन आग्रह गरेको हो ।क्रान्तिकारकिा महासचिव मिलन राई, सचिव विरेन्द्र शाह र कोषाध्यक्ष रुपमा बुढा मगरले जारी गरेको विज्ञप्तिमा यसअघि अध्यक्ष प्रकाश शाहीले कमिटीमा स

वैद्य निकट विद्यार्थीका सचिवालय सदस्य न्यौपाने आफ्नै घर फर्किए

काठमाडौं, २१ माघ । मोहन वैद्य ‘किरण’ निकट अनेरास्ववियू(क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)मा प्रवेश गरेका छन् । सचिवालय सदस्य बाशु न्यौपानेलाई क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले संगठनमा प्रवेश गराएकी हुन् । क्रान्तिकारीको केन्द्रीय कार्यालय बागबजारमा आयोजित कार्यक्रममा न्यौपाने आफू मुल घरमा आएको बताएका छन् । क्रान्तिकारीकी अध्यक्ष सिंहले संगठनलाई मजबुत बनाउन र […]

नेकपा एकीकृत समाजवादीका रौतहट सचिवालय सदस्य एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादी पार्टीका रौतहट जिल्ला सचिवालय सदस्य बुधाई खाँ सोमबार एमालेमा प्रवेश गरेका छन् । एमालेको फतुवा विजयपुर नगर अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उनी एमालेमा प्रवेश गरेका हुन् ।खाँलाई कार्यक्रमका प्रमुख अतिथि एमाले नेता प्रभु साहले माला र टीका लगाएर स्वागत गरेका थिए । असली क्रान्तिकारीको स्थान एमालेमै हुने भन्दै साहले बुधाई खाँसँगै नेकपा एकीकृत समाजवादी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई स्वागत गरेका थिए ।सो अवसरमा बयोवृद्व कम्युनिस्ट नेता नेत्रबहादुर शिवभक्ति पनि एमालेमा प्र