नेकपा एकीकृत समाजवादीका रौतहट सचिवालय सदस्य एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादी पार्टीका रौतहट जिल्ला सचिवालय सदस्य बुधाई खाँ सोमबार एमालेमा प्रवेश गरेका छन् । एमालेको फतुवा विजयपुर नगर अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उनी एमालेमा प्रवेश गरेका हुन् ।खाँलाई कार्यक्रमका प्रमुख अतिथि एमाले नेता प्रभु साहले माला र टीका लगाएर स्वागत गरेका थिए । असली क्रान्तिकारीको स्थान एमालेमै हुने भन्दै साहले बुधाई खाँसँगै नेकपा एकीकृत समाजवादी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई स्वागत गरेका थिए ।सो अवसरमा बयोवृद्व कम्युनिस्ट नेता नेत्रबहादुर शिवभक्ति पनि एमालेमा प्र

सम्बन्धित सामग्री

नेकपा एकीकृत समाजवादीका ३६ नेता एमाले प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरका विभिन्न पदमा रहेका ३६ जनाले सामूहिक राजीनामा बुझाएर नेकपा एमालेमा प्रवेश गरेका छन्।...

नेकपा एकीकृत समाजवादीका धनगढी नगर अध्यक्षसहितका नेता एमालेमा प्रवेश

१८ कात्तिक, धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीका धनगढी उपमहानगर कमिटी अध्यक्ष मदन रेग्मीसहितका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको निवास अत्तरियामा शुक्रबार बिहान आयोजना गरिएको कार्यक्रममा उनीहरु पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका र खादा लगाएर पार्टीमा स्वागत […]

नेकपा एकीकृत समाजवादीका ४६१ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

तनहुँ । नेकपा एकीकृत समाजवादीका ४६१ नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठसहित ४६१ जना एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै एमाले प्रवेश गर्नेहरूमा श्रेष्ठसहित कार्यालय सदस्य एवं युवा संघ नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका अध्यक्ष कमल गैह्रे रहेका छन् । यस्तै शुक्लागन्डकीको सिङ्गो नगर कमिटी, […]

नेकपा एकीकृत समाजवादीका तनहुँ सचिवसहित ४६१ जना एमालेमा प्रवेश

१६ कात्तिक, तनहुँ । नेकपा एकीकृत समाजवादी तनहुँ सचिव दुर्गाकुमार श्रेष्ठसहित ४६१ जना एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेहरूमा श्रेष्ठसहित कार्यालय सदस्य एवं युवा संघ नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका अध्यक्ष कमल गैह्रेलगायत जिल्ला कमिटीका १७ जना सदस्य छन् । यस्तै शुक्लागन्डकीको सिङ्गो नगर कमिटी, सम्पूर्ण वडा कमिटी तथा युवा संघ तनहुँका […]

एकीकृत समाजवादी कास्कीका सचिव एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादीका कास्की सचिव होम नेपाली नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रममा नेपाली पार्टी प्रवेश गरेको एमाले पोखरा महानगरका अध्यक्ष दिलिप न्यौपानेले बताए ।एमाले उत्पीडित जातिय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नम्बर २ को भेलामा उनलाई स्वागत गरिएको हो । एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले  उनलाई पार्टीमा स्वागत गरेका हुन् । विगतमा नेकपा एमालेमा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा म

समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा प्रवेश

सुर्खेत– कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पाउनका लागि फ्लोर क्रस गरेका नेकपा समाजवादी केन्द्रका नेता नन्दसिंह बुढा एमालेमा प्रवेश गरेका छन् । उनी नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य  रहेका थिए । बिहीबार एमाले महासचिव शकंर  पोखरेलले उनलाई स्वागत गरेका हुन् ।  टेलिफोनमा कुरा गर्दै उनले आफुस पुरानै घरमा […]

एकीकृत समाजवादीका केन्द्रीय सदस्य खनाल र गुल्मी अध्यक्ष भण्डारी एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य  गणेश खनाल र समाजवादी गुल्मी अध्यक्ष नरेश भण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले गुल्मी जिल्ला कमिटीले सोमबार तम्घासमा आयोजना गरेको कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतका नेताहरूले खनाल, भण्डारीसहित एकीकृत समाजवादीका जिल्ला नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएका हुन् । एमालेमा प्रवेश गर्नेहरुमा खनाल, भण्डारीसहित युवा संघका केन्द्रीय सचिव हिमाल थापा, प्रदेश कमिटी सदस्य मदन विष्ट, जिल्ला क

ओलीकाे खुट्टा छुँदै पुण्य गौतम एमाले प्रवेश

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । काठमाण्डौको भृकुटीमण्डपमा आज मङ्गलवार भएको आमसभामा गौतम एमालेमा प्रवेश गर्नुभएको हो । उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेको झण्डा हस्तान्तरण गरेर स्वागत गर्नुभयो । गौतमले अध्यक्ष ओलीको खुट्टा छोएर सम्मान गर्नुभएको थियो । गौतम युट्युबरलाई विभिन्न विषयमा अन्तरवार्ता दिएर र बेला–बेला विभिन्न विवादित क्रियाकलाप गरेर चर्चामा आइरहने गर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा प्रवेश

२५ वैशाख, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी नेता रामचन्द्र झाले तानाशाही प्रवृत्ति देखाएको भन्दै नेकपा एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य कपिलदेव बनरैत, जेबिन्दर यादव, श्यामसुन्दर यादव, रामनारायण यादव, जगदीश मुखियासहितका नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका […]

नेकपा एसका पोलिटब्यूरो सदस्य यदुवंश झा एमालेमा प्रवेश

पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य यदुवंश झा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनले एकपा एस परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् ।  एक समारोहका बीच उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए ।  नेता झा पूर्व सांसद हुन् । उनी नेकपा मालेबाट पूर्व संविधान सभा सदस्य रहेका थिए ।