पर्सा – पर्साको वीरगञ्जमा कारका राखिएको ९० किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ को बाटो हुँदै ठूलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना पाएपछि खोज्दै जाँदा प्रहरीले बगही गेट नजिकैबाट गाँजासहित भारतको उत्तर प्रदेशका रवीकान्त भारती र विहारका सुनिल भारतीलाई पक्राउ गरेको हो । उनीहरूले भारतीय नम्बर प्लेटकै कारमा राखेर गाँजा भारततर्फ लगिरहेका थिए ।