हंगेरीविरुद्ध पोर्चुगलः प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी।यू–१५ देखि पोर्चुगलको राष्ट्रिय टोेलीबाट खेल्दै आएका क्रिश्चियानो रोनाल्डो आज हुने हंगेरीविरुद्धको खेलमा पोर्चुगलको प्रभाव पार्न सक्ने खेलाडी हुन्। युरोकपको साविक विजेतासमेत रहेको पोर्चुगलले रोनाल्डोकै कप्तानीमा उपाधि उचालेको थियो। राष्ट्रिय जर्सीमा १०४ गोल गरिसकेका रोनाल्डो पोर्चुगलका सर्वाधिक तथा विश्व फुटबलका दोस्रो सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी समेत हुन्। इटालियन क्लब युभेन्टसबाट खेलिरहेको रोनाल्डोले १३१ खेलमा १०० गोल गरिसकेका छन्।

सम्बन्धित सामग्री

खेलाडी छनोटमा कुनै दबाव र प्रभाव नराख्न क्यानका अध्यक्ष चन्दको आग्रह

बैतडी : नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडी छनोटमा कुनै दबाव र प्रभाव नराख्न आग्रह गरेका छन्। बैतडीमा आजदेखि शुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चन्दले खेलाडी छनोटमा कसैले पनि दबाव र प्रभाव  नराख्न आग्रह गरेका हुन्।खेलाडीहरूले देशका लागि खेल्ने  भएकाले  उत्कृष्ट खेल र अनुशासनका आधारमा खेलाडी छनोट गरिने उनले बताए। उनले भने, ‘राम्रो  प्रदर्शन गर्ने खेलाडी स्वतः छनोटमा पर्छन्, छनोटका लागि

वेल्सविरुद्ध इटाली : प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी। यू–१५ देखि इटालीको राष्ट्रिय टोलीबाट खेल्दै आएका युवा खेलाडी म्यानुएल लोकाटेली आज हुने वेल्सविरुद्धको खेलमा प्रभाव पार्ने खेलाडी हुन्। जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका लोकाटेलीले अघिल्ला दुई खेलमा दुई गोलसमेत गरेका छन्। लोकाटेलीले दुवै गोल स्विजरल्यान्डविरुद्ध गरेका हुन्। २३ वर्षीय लोकाटेली घरेलु क्लब सासोउलोबाट व्यवसायिक फुटबल खेल्ने गर्छन्। राष्ट्रिय टोलीबाट लोकाटेलीले १२ खेल खेल्दै ३ गोल गरेका छन्।

पोल्यान्डविरुद्ध स्पेन : प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी। यू–१७ देखि स्पेनको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका युवा खेलाडी पेड्रि गोन्जालेज आज हुने पोल्यान्डविरुद्धको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। सेन्ट्रल मिडफिल्डरको रुपमा खेल्ने पेड्रि डिफेन्सिभ र स्ट्राइकर लाइन दुबैतीर सहि बल खेलाउन सक्ने क्षमता राख्छन्।हालै मात्र स्पेनबाट डेब्यु गरेका पेड्रिले राष्ट्रिय टोलीबाट मात्र५ खेल खेलेका छन्। १८वर्षीय पेड्रि हाल स्पेनीस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।

पोर्चुगलविरुद्ध जर्मनी : प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी। यू–१६ देखि नै जर्मनीको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका थोमस मुलर आज हुने पोर्चुगलविरुद्धको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। मुलर मैदानमा स्ट्राइकर, विंगर, र मिडफिल्डर तीनै क्षेत्रबाट खेल्ने क्षमता राख्दछन्।। मुलरले राष्ट्रिय टोलीबाट १०३ खेल खेल्दै ३९ गोल गरेका छन्। ३१ वर्षीय मुलर जर्मन क्लब बार्यन म्युनिखबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।

हंगेरीविरुद्ध फ्रान्स : प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी। यू–१६ देखि नै फ्रान्सको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका पल पोग्बा आज हुने हंगेरीविरुद्धको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। मिडफिल्डरको रुपमा खेल्ने पोग्बा डिफेन्सिभ मिडमा रहन र अट्याकिङ मिडमा बल खेलाउन माहिर छन्। २०१३ मा फ्रान्सबाट डेब्यु गरेका पोग्बाले राष्ट्रिय टोलीबाट८१ खेल खेल्दै१० गोल गरेका छन्। २८वर्षीय पोग्बा हाल इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।

स्कटल्यान्डविरुद्ध इङल्यान्ड : प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी। यू–१ देखि नै इङल्यान्डको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका रहिम स्टर्लिङ आज हुने स्कटल्यान्डविरुद्धको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। उनले युरोकपको पहिलो खेलमा क्रोयसीयाविरुद्ध निर्णायक एक गोल गरेका थिए। स्टर्लिङले राष्ट्रिय टोलीबाट ६२ खेल खेल्दै १५ गोल गरेका छन्। २६ वर्षीय स्टर्लिङ हाल इङलिस क्लब म्यानचेष्टर सिटीबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।

स्लोभाकीयाविरुद्ध स्विडेनः प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी। यू–१७ देखि नै स्विडेनको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका युवा खेलाडी एलेक्स्जन्डर इसाक आज हुने स्लोभाकीयाविरुद्धको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। २०१७ मा स्विडेनबाट डेब्यु गरेका इसाकले राष्ट्रिय टोलीबाट २३ खेल खेल्दै ६ गोल गरेका छन्। २१ वर्षीय इसाक हाल स्पेनिस क्लब रियल सोसिडासबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।

अष्ट्रियाविरुद्ध नेदरल्यान्ड्सः प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी। यू–१५ देखि नै नेदरल्यान्ड्सको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका फ्रयांकी डि जोङ आज हुने अष्ट्रियाविरुद्धको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। डी जोङ डिफेन्सिभ मिडफिल्डमा रहन र मिडबाट स्टाइकरलाई बल खेलाउन निकै माहिर छन्। डी जोङले राष्ट्रिय टोलीबाट २८ खेल खेल्दै १ गोल गरेका छन्। २४ वर्षीय डी जोङ हाल स्पेनिस क्लब बार्सीलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।

डेनमार्कविरुद्ध बेल्जियम ः प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी। यू–१५ देखि नै बेल्जियमको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका रोमेलु लुकाकु आज हुने डेनमार्कविरुद्धको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। उनले युरोकपको पहिलो खेलमा रसियाविरुद्ध दुई गोल गरेका थिए। लुकाकुले राष्ट्रिय टोलीबाट ९४ खेल खेल्दै ६२ गोल गरिसकेका छन्। २८ वर्षीय लुकाकु हाल इटालीयन क्लब इन्टर मिलानबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।

जर्मनीविरुद्ध फ्रान्स : प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी। यु–देखि राष्ट्रिय टोलीबाट खेलिरहेका फ्रान्सका २२ वर्षीय युवा खेलाडी किलियन एमबाप्पे युरोकपअन्र्तगत आज हुने जर्मनीविरुद्धको खेलमा फ्रान्सका प्रभाव पार्न सक्ने खेलाडी हुन्। फ्रान्सले २०१८ को विश्वकपको उपाधि उचाल्दा एमबाप्पे फ्रान्स टोलीका महत्वपूर्ण सदस्य थिए। विश्वकपमा फ्रान्सका लागि४ गोल गरेका एमबाप्पेले निकै तिव्र गतिमा बल दौडाउने क्षमता राख्दछन्। उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट व्यवसायिक फुटबल खेल्छन्।