डेनमार्कविरुद्ध बेल्जियम ः प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी। यू–१५ देखि नै बेल्जियमको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका रोमेलु लुकाकु आज हुने डेनमार्कविरुद्धको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। उनले युरोकपको पहिलो खेलमा रसियाविरुद्ध दुई गोल गरेका थिए। लुकाकुले राष्ट्रिय टोलीबाट ९४ खेल खेल्दै ६२ गोल गरिसकेका छन्। २८ वर्षीय लुकाकु हाल इटालीयन क्लब इन्टर मिलानबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।

सम्बन्धित सामग्री

फुटबलको अर्थतन्त्र

फुटबल खेलको सबैभन्दा प्रारम्भिक वैज्ञानिक प्रमाण चीनमा २०६ ईसा पूर्वदेखि २२० ईस्वीसम्मको सैन्य म्यानुअलबाट गरिएको अभ्यास थियो । त्यस समयमा यसलाई ‘टुसु चु’ भनिन्थ्यो । यो प्वाँख र कपालले भरिएको ३० देखि ४० सेन्टिमीटर व्यासको छालाको बल थियो । जापानमा ५००–६०० वर्षपछि ‘केमारी’ भनिने खेल ‘टुसु चु’पछि कोरियामा ‘चुक–गुक’ र अस्ट्रेलियामा ‘वोगाबालिरी’ जस्ता नामबाट प्रसिद्धि पाउँदै गयो । ग्रीक एपिस्क्य्रोस र रोमन हर्पस्टुम् ‘एक सानो बलसँग सीमारेखा र केन्द्ररेखाद्वारा चिह्नित आयताकार क्षेत्रमा दुई टोलीद्वारा खेलिएको थियो । फुटबल अर्थात् सकरले १३१४ को प्रारम्भमा यूरोपमा लोकप्रियता बढायो । यद्यपि, तत्कालीन अधिकारीहरूले १३६५ मा अराजक वातावरण सृजना गरेकाले शहर वरपरको खेलकुदलाई निषेध गरेर एक घोषणा जारी गरे । इङल्यान्डका राजा एडवर्ड द्वितीयले खेललाई कानूनद्वारा दण्डनीय घोषित गरे । यसले सिपाहीहरूलाई उनीहरूको आवश्यक सैन्य अनुशासनहरूमा ध्यान केन्द्रित गर्न विचलित गर्‍यो । प्रतिबन्ध लगभग ५०० वर्षसम्म चल्यो । फुटबलका नियमहरू १८६३ मा पेश गरिएको थियो । यसै बेला फुटबलको आकार र वजन मानकीकृत भयो । त्यही वर्ष अक्टोबर २६, १८६३ फुटबल संघ इङल्यान्डमा स्थापना भएको थियो । र, आधुनिक फुटबलको इतिहास शुरू भयो । पहिलो आधिकारिक अन्तरराष्ट्रिय खेल १८७२ मा स्कटल्यान्ड र इङल्यान्डबीच ग्लास्गोमा भएको थियो । फिफाको स्थापना सन् १९०४ मा पेरिसमा भएको थियो । त्यसका सात संस्थापक सदस्य थिए : फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स, स्पेन, स्वीडेन र स्वीजरल्यान्ड । पहिलो विश्वकप सन् १९३० मा ४१ टोलीसहित भएको थियो । हाल विश्वभर फिफाका २११ सदस्य छन् । २०१८ सम्म फिफा वल्र्ड कपले ८८ वर्ष पार गरिसकेको छ । पहिलो विश्वकप क्वालिफिकसनविना भएको थियो र प्रतियोगिता शुरू हुनुभन्दा २ महीनाअघि यूरोपबाट कुनै पनि टोली औपचारिक रूपमा प्रवेश गरेको थिएन । फिफाका अध्यक्ष जुल्स रिमेटले हस्तक्षेप गरे र चारओटा यूरोपेली टोलीले समुद्री यात्रा गरे । २०१८ फिफा पछिल्लो विश्वकप हो, जुन रूसमा आयोजना भएको थियो । यो अहिलेसम्मको सबैभन्दा महँगो विश्वकप थियो । प्रतियोगिता चरणमा ३२ टोली सहभागी थिए, जसमध्ये ३१ छनोट प्रतियोगिताबाट आएका थिए भने आयोजक राष्ट्र रूस स्वत: छनोट भएको थियो । अन्तरराष्ट्रिय राजनीतिको प्रतिबिम्ब पास्कल बोनिफेस लेख्छन्, ‘आजकल, फुटबल अन्तरराष्ट्रिय सम्बन्धको एक मान्य घटक हो जुन अब राज्यहरू बीचको शुद्ध कूटनीतिक सम्बन्धमा सीमित हुन सक्दैन । अहिलेको कूटनीतिक सम्बन्धको त्यस्तो कुनै पक्ष छैन जुन फुटबलमा पनि लागू गर्न सकिँदैन । यसलाई दिमागमा राखेर हामी फुटबलको भूराजनीतिका बारेमा कुरा गर्न सक्छौं र फुटबलले कसरी विश्वलाई जितेको छ भनेर अध्ययन गर्न सक्छौं ।’ इङल्यान्डमा शुरू भएको यो विभिन्न बन्दरगाहमार्फत खेलिने खेलका रूपमा थियो । अरू यूरोपेली मुलुकमा यसलाई खाली समयमा खेल्न थालियो । उन्नाइसौं शताब्दीको मध्यमा विभिन्न सञ्जालको विबस्तारसँगै इङल्यान्डमा यो व्यापक रूपमा फैलियो र सार्वजनिक विद्यालयहरूबीच प्रतियोगिताहरू हुन थाले । फुटबलले यूरोप र ल्याटिन अमेरिकामा प्रवेश जारी राख्यो । टेलिभिजनको अविष्कारसँगै यसको प्रसिद्धिले कुनै महादेशलाई टाढा राख्न सकेन । बीसौं शताब्दीको उत्तराद्र्धमा फुटबल एउटै महाशक्तिद्वारा शासित संसार बन्यो– ब्राजिल । फाइनलमा सबैले भेट्न चाहेको देश ब्राजिल हुने गथ्र्यो किनभने यो आफ्नै टोलीपछि हरेक फुटबल फ्यानको मन पर्ने देश थियो र आजपर्यन्त पनि उसको प्रभाव उस्तै छ । फुटबलको महाशक्ति ब्राजिल फुटबल खेलाडीहरूको एक महान् निर्यातक हो । लोकतन्त्र, समानता, ग्लोबलाइजेशन भन्दा पनि फुटबलको विश्वव्यापीकरण ज्यादा छ, जसले कुनै सीमारेखालाई मान्दैन । यसैबीच, खेलकुदले भूराजनीतिक विशेषताहरूसँग अन्तरक्रिया गरेको पाइन्छ आधुनिक युगमा मात्र होइन, पूर्व–आधुनिक युगमा पनि । क्षेत्रीय र विश्वव्यापी स्तरमा खेलकुद र राजनीतिको अन्तरक्रियासम्बन्धी उदाहरणहरू निम्नानुसार छन् : १९३६ मा बर्लिन ओलम्पिक प्रतियोगिताबाट नाजीहरूको राजनीतिक निकासी, मोस्को १९८० को ओलम्पिक खेलमा चीन र अमेरिकाको पिङ–पिङ कूटनीति, १९८९ मा कुवेतमा मित्रता कपमा इराकको फुटबल टोलीको उपस्थिति आदि । यस्ता कैयौ कूटनीतिक सम्बन्धलाई जीवन्त राख्न र भ्रातृत्वको भावनाको विकास गर्न खेलकुद त्यसमा पनि फुटबल र ओलम्पिक खेलहरूले ठूलो भूमिका खेलेको कुरा इतिहासमा कोरिएको छ । अर्थतन्त्रमा फुटबलको भूमिका धेरै देशले बलियो जातीय, भाषिक वा क्षेत्रीय विच्छेदहरू देखाउँछन्, जसले तनाव र प्रत्यक्ष हिंसा पनि निम्त्याउन सक्छ । यसले आर्थिक विकासका लागि स्पष्ट रूपमा हानिकारक परिणामहरू निम्त्याउँछ (एअस्टेर्ली अन्ड लेवीने १९९९) । त्यस्ता विभेद हटाउन र कार्यात्मक आधुनिक राज्यलाई सुदृढ गर्न धेरै देशले तथाकथित राष्ट्र निर्माण नीतिहरू अपनाएका हुन्छन् जसमा नागरिकहरूले आफूलाई आफ्नो विशिष्ट समूहको सट्टा समग्र राष्ट्रको अंशका रूपमा हेरेर साझा पहिचान निर्माण गरेका हुन्छन् । तैपनि राष्ट्र निर्माणका केही औजारलाई राज्यको पर्याप्त क्षमता चाहिन्छ, जस्तै सामूहिक विद्यालय वा ठूलो पूर्वाधार लगानी । यसले पहिलो स्थानमा राम्रोसँग काम गर्ने राज्य नभएका देशहरूमा चुनौती खडा गर्छ । अन्य ‘नरम’, विशुद्ध प्रतीकात्मक औजारहरू, जस्तै राष्ट्रिय झण्डा वा गानले ‘सामान्य राष्ट्रवाद’ (बिलिग १९९५) लाई प्रतिनिधित्व गर्छ जुन पर्याप्त रूपमा बलियो पूर्व–अवस्थित राष्ट्रिय पहिचानको अभावमा प्रभावकारी हुन सक्दैन । यी चरम सीमाहरूका बीचमा एक देशका नागरिकले उनीहरूबीच सामूहिक रूपमा बाँडफाँट गरेको अनुभवहरू छन् । उदाहरणका लागि प्रमुख राष्ट्रिय घटना र परिघटनाहरू वा मितिहरू। राष्ट्रहरू मौलिक रूपमा ‘कल्पना गरिएका समुदायहरू’ हुन् (एन्डरसन १९८३), ), र उच्च प्रतीकात्मक र भावनात्मक रूपमा चार्ज गरिएका अनुभवहरूले नागरिकहरूको दिमागमा राष्ट्रिय समुदायको छविलाई अझ जीवन्त बनाउन मद्दत गर्न सक्छ । राष्ट्र, राष्ट्रियता र कुनै पनि मुलुकका जातजातिका माझमा राष्ट्रियतालाई बाँधेर राख्न खेलको ठूलो महत्त्व हुने गरेको छ र यसले राष्ट्रको आर्थिक पाटोलाई पनि ठूलो टेवा दिएको हुन्छ । लेखक विभिन्न कलेजमा अर्थशास्त्र अध्यापन गर्छन् ।

११ महीनामा १ लाख २६ हजारभन्दा बढी पर्यटक आगमन

काठमाडौं । सन् २०२१ को ११ महिनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । नोभेम्बरमा हवाई मार्ग भएर २६ हजार १३५ बाह्य पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा बढी भारतबाट १० हजार ४२१, बंगलादेशबाट एक हजार ३८२ पर्यटक आएका छन् । उक्त महिना नेपालबाट २६ हजार ४८७ बाह्य पर्यटक बाहिरिएका छन् । अक्टोबरमा २३ हजार २८४ पर्यटक आएका थिए । सन् २०१९ को अक्टोबर र नोभेम्बरसँग तुलना गर्दा पर्यटक आगमन निकै कम छ । सन् २०१९ को अक्टोबरमा एक लाख ३० हजार ७४५ र नोभेम्बर महिनामा एक लाख ४७ हजार ८५९ बाह्य पर्यटक नेपाल आएका थिए । यसरी पर्यटक आगमनको अवस्था हेर्दा सन् २०२१ मा बाह्य पर्यटकको संख्या दुई लाख पुग्न मुस्किल देखिएको छ । सन् २०२० मा दुई लाख ३० हजार ८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त वर्ष दुई महिनामै दुई लाख हाराहारी पर्यटक आएका थिए । जनवरी र फेबु्रअरीमा अत्यधिक संख्यामा पर्यटक आएका थिए । यस वर्षको जनवरीमा आठ हजार ८७४, फेबु्रअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३, जुलाईमा दुई हजार ९९१, अगष्टमा पाँच हजार ९१७, सेप्टेम्बरमा नौ हजार ८९८, अक्टोबारमा २३ हजार २८४ र नोभेम्बर महिनामा २६ हजार १३५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।      कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्र त्रसित मुलुकको पर्यटन क्षेत्रमा कोभिड–१९ महामारीको नराम्ररी असर परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत बाह्य पर्यटक आवागमन निराशाजनक देखिन्छ । महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनः कोभिड–१९ को ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको छ । विभिन्न मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाइरहेका छन् । नेपाल सरकारले पनि उक्त भेरियन्टको जोखिमलाई ध्यान दिँदै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरिसकेको छ । हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले विश्वव्यापी रुपमा चिन्ताको विषय बनेको ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई थप त्रसित तुल्याएको बताए । हल्ला अनुसार कस्तो प्रभाव हुन्छ, अहिले नै भन्न नसकिने भए पनि स्वास्थ्य सावधानी अपनाएर व्यवसाय सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए । अहिले पनि जापान हिँडेका ११ नागरिक मलेसियामा गएर अड्किएको भन्दै उनले अध्यागमन, नागरिक उड्डयन प्राधिकरणलगायत निकायले चनाखो भएर समयमै सही सूचना प्रवाह गर्नुपर्नेमा बताए । ‘ओमिक्रोन भेरियन्टको हल्ला विश्वभर छ, तर नेपालले विशेष सावधानी अपनाउनुपर्छ, स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर अन्तरराष्ट्रिय उडान भने रोक्न हुँदैन,’ उनले भने । हाल जापान, इजरायल, अष्ट्रेलिया, बेल्जियम, अष्ट्रियालगायत मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाइसकेका छन् । बोर्डका निर्देशक लामिछानेले नयाँ भेरियन्टले डिसेम्बरमा पर्यटक आगमन घट्ने चिन्ता बढेको बताए । नयाँ भेरियन्ट डेल्टाभन्दा बढी सङ्क्रामक हुने हल्लाले पनि विश्व पर्यटन बजारलाई त्रसित बनाएको छ । नेपालमा अहिले कुनै जोखिम नरहे पनि दुई साताको परिणामको पर्खाइमा नेपाली पर्यटन क्षेत्र रहेको उनको भनाइ छ । रासस

एनआरएनएमा दलीय सर्कुलरको प्रभाव : केसी छोडेर आचार्य प्यानलमा पुगे लोकप्रसाद

१९ असोज, बार्सिलोना । नेपालको राजनीतिक गठबन्धनका आधारमा नै उम्मेदवारी दिने भन्दै बेल्जियम निवासी व्यवसायी लोकप्रसाद दाहालले कुल आचार्य प्यानलबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षका प्रत्यासी कुल आचार्यले संचालन गर्दै आएको ‘खुला डबली’ कार्यक्रममा सोमबार बोल्दै वर्तमान सहकोषाध्यक्ष समेत रहेका दाहालले आचार्य समूहबाट उम्मेदवारी दिने बताएका हुन् । यसअघि दाहाललाई डा. बद्री केसीको […]

पश्चिम युरोपमा बाढीका कारण मृत्यु हुनेको संख्या १७० पुग्यो

एजेन्सी । जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स, लग्जेम्बर्गसहितका देशमा भारी वर्षासँगै आएको बाढीका कारण १७० भन्दा धेरैको मृत्यु भएको छ । अझै धेरै मानिसहरु बेपत्ता रहेका छन् । बाढीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ । बाढीका कारण बेपत्ता भएकाहरुको खोजीका लागि उद्धारकर्मीहरुले प्रयास गरिरहेका छन् । बाढीले जर्मनी र बेल्जियममा गम्भीर प्रभाव पारेको […]

बेल्जियम भर्सेस इटाली : यी खेलाडीले उल्टाउन सक्छन् नतिजा

एजेन्सी।बेल्जियमका रोमेलु लुकाकु र इटालीका सिरो इमोबाइल आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। स्ट्राइकरको रुपमा खेल्ने लुकाकुले प्रतियोगिताको ४ खेलमा ३ गोल गरेका छन्। हाल इन्टर मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका लुकाकुले राष्ट्रिय टोलीबाट ९७ खेलमा ६३ गोल गरेका छन्। त्यस्तै लाजियोका स्ट्राइकर सिरो इमोबाइलले प्रतियोगिताको ४ खेलमा २ गोल गरेका छन्। उनले देशबाट ४९ खेलमा १५ गोल गरेका छन्।

बेल्जियम भर्सेस पोर्चुगल : प्लेयर्स टु वाच

एजेन्सी। पोर्चुगलका कप्तान क्रिश्चियानो रोनाल्डो र बेल्जियमका केभिन डी बु्रयना आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। युभेन्टसका फरवार्ड रोनाल्डोले ५ गोलसहित युरोको सर्वाधिका गोल गर्ने खेलाडी हुन्। रोनाल्डोले देशबाट १७८ खेलमा १०९ गोल गरेका छन्। त्यस्तै डी ब्रुयनाले समुह चरणका ३खेलमा १ गोल र २ असिस्ट गरेका छन्। मिडफिल्डमा खेल्ने डी ब्रुयनाले देशबाट ८२ खेलमा २२ गोल गरेका छन्।

यो साता संक्रमणले विदेशमा ज्यान गुमाउने न्यून

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता सङ्क्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या शून्य छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरबलगायतका …

बेल्जियमका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'इडेन हाजार्ड'

टोलीका कप्तानसमेत रहेका हाजार्ड बेल्जियमको महत्वपूर्ण खेलाडी हुन् । तीव्रगति, बलसँग खेल्न सक्ने कला तथा नियमित गोल गरिरहने र सहकर्मीलाई पनि गोलको अवसर सिर्जना गर्ने क्षमताले नै हाजार्डलाई बेल्जियम राष