प्राधिकरणको कार्यकाल शुक्रवार सकिँदै

काठमाडौं । २०७२ वैशाखको भूकम्पका कारण भत्किएका निजी आवास, स्वास्थचौकी भवन, सार्वजनिक भवन, पुराताŒिवक सम्पदा निर्माणको व्यवस्थापन गर्दै आएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल आउँदो शुक्रवार सकिँदै छ । सरकारले पुनर्निर्माणका काम गर्न स्वायत्त निकाय प्राधिकरण २०७२ पुस १० गते स्थापना गरेको थियो । १ वर्ष म्याद थप गर्दै प्राधिकरणको कार्यकाल ६ वर्ष पुर्‍याइएको छ । भूकम्पबाट प्रभावित अतिप्रभावित १४ सहित ३१ जिल्लाका प्रभावितहरूका निजी आवास निर्माणलाई उच्च प्राथमिकता दिई निजी आवास निर्माण ७५ प्रतिशत सम्पन्न भएपछि पुनर्निर्माणका काम अन्य निकायहरूलाई हस्तान्तरण गर्दै प्राधिकरणको कार्यकाल सकिएको छ । यो अवधिमा पुनर्निर्माणमा रू. ३ खर्ब ८१ अर्ब बजेट खर्च भएको छ । विपद्पश्चात्को पुनर्लाभ कार्यढाँचा (पीडीआरएफ) ले कुल अनुमानित ९ अर्ब ३८ अर्ब लागत अनुमानलाई संशोधन गरेको थियो । त्यसपछि उक्त रकम उल्लेख्य मात्रामा घटेर रू. ४ खर्ब ८२ अर्बमा झरेको छ । भूकम्पपछि पुनर्निर्माणमा कति लगानी र स्रोत के हुने भन्ने विषयमा तयार पारिएको ‘विपद्पछिको आवश्यकता पहिचान प्रतिवेदन (पीडीएनए)’ ले रू. ९ खर्ब ३८ अर्ब लगानी आवश्यक पर्ने प्रक्षेपण गरेको थियो । गत आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा भूकम्पपछिको पुनर्निर्माणमा रू. ३ खर्ब ८१ अर्ब रकम खर्च भएको छ । यद्यपि चालू आर्थिक वर्षमा कति बजेट खर्च भएको छ, भन्ने विषय भने रेकर्डमा आइनसकेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । ‘असोजदेखि प्राधिकरणको मातहतमा रहेका कार्यहरू क्रमशः सम्बद्ध निकायहरूलाई हस्तान्तरण गर्दै आएको छ,’ घिमिरेले भने, ‘त्यसकारण अहिले कार्यभार हस्तान्तरण गरिएका मन्त्रालय, विभाग तथा निकायहरूबाट खर्च बजेट एकीकृत गरिएको छैन, साउनदेखिको खर्च भन्न गाह्रो छ ।’ असोज १ गतेदेखि कार्यहरू हस्तान्तरण गर्दै आएको प्राधिकरणको बुधवार बसेको निर्देशक समितिको बैठकले पुनर्निर्माणका सबै कार्यभार अन्य निकायलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले प्राधिकरणको दायित्व, सम्पत्ति, स्रेस्तालगायत कार्यहरू हस्तान्तरण गर्ने निर्णय गरेको हो । प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायमार्पmत सम्पादन भइरहेका कार्यहरूको सहजीकरण, समन्वय तथा अनुगमनसम्बन्धी कार्यहरू अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्पmत हुने गरी हस्तान्तरण गर्ने निर्णय भएको छ । देउवाले हस्तान्तरण भएका बाँकी कार्यहरू समयमै सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । यस्तै उहाँले पुनर्निर्माणका बाँकी कार्यमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्राधिकरणको तथ्यांकअनुसार हालसम्म लाभग्राहीको सूचीमा पर्नेको कुल संख्या ८ लाख ६६ हजार २०७ रहेको छ भने अनुदान सम्झौता ८ लाख २७ हजार ३४० पुगेको छ । अब राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको चालू र पूँजीगत खर्चको आव २०७८/०७९ को एकीकृत आर्थिक विवरण तयार गर्ने कार्य तथा लेखा परीक्षणसम्बन्धी कार्यहरूको जिम्मेवारी पनि यसै प्राधिकरणमार्फत हुनेछ ।

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशको कार्यकाल सकिँदै, न्यायाधीश नियुक्तिको सुरसारै छैन

काठमाडौं : लामो समय कामु भएर केही समयअघि मात्र प्रधानन्यायाधीश नियुक्त भएका हरिकृष्ण कार्की यही साउन २० गतेदेखि उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। उनीसँगै सर्वोच्चमा ७ जना न्यायाधीशको पद पनि रिक्त हुँदैछ। २१ जनाको दरबन्दी रहेको सर्वोच्चमा हाल १६ जना मात्रै न्यायाधीश कार्यरत रहेका छन्। सामान्यत: कार्यकाल सकिनु एक महिनाअघि बिदा बस्ने प्रचलन भए पनि न्यायाधीश नियुक्ति गर्न प्रधानन्यायाधीश कार्कीले जोडबल गरिरहेका छन्। तर न्यायाधीश नियुक्तिको सुरसार तत्काल अघि बढ्ने देखि

उपराष्ट्रपति पुनको कार्यकाल आज सकिँदै

काठमाडौँ – वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आज (शुक्रबार) राति १२ बजेबाट सकिँदै छ। कार्यकाल सकिएसँगै उपराष्ट्रपति पुन बिहीबार लैनचौरस्थित उपराष्ट्रपति निवासबाट चन्द्रागिरि नगरपालिका– १ दहचोकस्थित निजी निवासमा सरेका छन्। उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि सरकारी निवास खाली गरेका पुनको बिदाइ नयाँ उपराष्ट्रपति निर्वाचित भएपछि हुनेछ। पुन दोस्रो कार्यकालका लागि ०७४ चैत […]

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकाल आजदेखि सकिँदै

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकाल आजदेखि सकिँदैछ । विसं २०७५ पुस १८ गते उनले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका थिए । प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको सुद्धीकरण’ को अभियान सुरु गरेका जबरामाथि न्यायापालिकामा विचलन ल्याएकोलगायत विभिन्न आरोप लगाउँदै २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो । महाअभियोग निष्कर्षमा पुर्‍याउन समय […]

प्रतिनिधिसभा बैठक बस्दै, कार्यकाल आज मध्यरातदेखि सकिँदै

काठमाडौँ । प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजे सकिँदै छ। २०७४ मा निर्वाचित सांसद्हरुको अन्तिम संसद् बैठक आज दिउसो १ बजे बस्दैछ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भणडारीलाई सिफारिस गरिसकेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची पेस गर्ने कार्यतालिका असोज २ र […]

प्रतिनिधि सभा बैठक बस्दै, कार्यकाल आज राति १२ बजे सकिँदै

प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजे सकिँदै छ।  २०७४ मा निर्वाचित सांसद्हरुको अन्तिम संसद् बैठक आज बस्दैछ । दिउसो एक बजे बस्ने बैठकको यो समाचार तयार पार्दासम्म कुनै कार्यसूची तोकिएको छैन । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भणडारीलाई सिफारिस गरिसकेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची पेस गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्म कार्यकाल मानेर सदनका पछिल्लो बैठकमा

प्रतिनिधिसभाको आयु सकिँदै, ४४ विधेयक निष्क्रिय हुने अवस्थामा

आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको कार्यक्रम अन्तर्गत आउँदो असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारको बन्द सूची बुझाउने कार्यक्रम छ । सोही दिनबाट प्रतिनिधिसभाको कार्यकाल सकिँदै छ ।   फर्केर हेर्दा प्रतिनिधिसभाको झण्डै ५ वर्षे कार्यकाल त्यति उत्साहजनक रहन सकेन । कानुन निर्माण, सरकारमाथि निगरानी गर्दै जवाफदेही बनाउने र जनताका आवाज उठाउने काममा संसदले प्रभावकारी भूमिका खेल्न सकेन । दलहरुले राजनीतिक स्वार्थको थलो बनाउँदा संसद पूरा कार्यकाल सहज ढंगल

अपेक्षाकृत काम हुन नसकेको जनप्रतिनिधिको पहिलो कार्यकाल

नेपालको संविधान, २०७२ अनुसार नेपालमा लामो संघर्ष र प्रयासपछि संघीयता कार्यान्वयनमा आयो । सोहीअनुसार तीन तहका सरकार निर्माण भई सञ्चालनमा छन् । संघ, प्रदेश र स्थानीय तहका आफ्नै क्षेत्राधिकार तथा कार्य जिम्मेवारी तोकिएका थिए । २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल अबको दुई महिनापछि सकिँदै छ । फेरि सरकार दोस्रो […]

एनआरएनएको कार्यकाल अवधि थप्ने निर्णयबारे पनि विवाद

बार्सिलोना । आइतबारबाट कार्यकाल सकिँदै गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो कार्यकालको अवधि ६ महिना लम्वाउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्ले शनिबार सम्पन्न बैठकले स्थगित गरिएको अधिवेशनलाई यथाशिघ्र सम्पन्न गर्ने भन्दै कार्यकाल अवधि थप गर्ने निर्णय गरेको हो । तर अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले भने यसबारे बैठकमा कुनै निर्णय नभएको बताएको […]

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल सकिँदै, यी हुन् अबका प्रधानसेनापति

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा साउन २४ गतेबाट बिदामा बस्दैछन् । कार्यकाल सकिनुभन्दा एक महिनाअघि बिदामा बसेर आफ्ना उत्तराधिकारीलाई कार्यवाहक जिम्मेवारी दिने सैन्य परम्पराअनुसार थापा बिदामा बस्न लागेका हुन् ।४३ औं प्रधानसेनापति पूर्णचन्द्र थापाले जेठ २३ मै पत्रकारहरुलाई साक्षी राखेर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए । त्यसको करिब दुई महिनापछि अर्थात् साउन २४ बाट उनी बिदामा बस्दैछन् ।नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रुपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदैछन्

यूनियन लाइफका सिइओ कर्णको कार्यकाल थप

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णको एक कार्यकाल थपिएको छ । कम्पनीको सञ्चालक समितिले साउन एक गतेदेखि लागु हुने गरी अर्को एक कार्यकाल थप गर्ने निर्णय गरेको हो । कर्णको यहि असार मसान्तबाट कार्यकाल सकिँदै छ । कार्यकाल सकिनु भन्दा एक महिना अगाडि नै सञ्चालक समितिले अर्को कार्यकाल थप गर्ने निर्णय […]