काठमाडौं : लामो समय कामु भएर केही समयअघि मात्र प्रधानन्यायाधीश नियुक्त भएका हरिकृष्ण कार्की यही साउन २० गतेदेखि उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। उनीसँगै सर्वोच्चमा ७ जना न्यायाधीशको पद पनि रिक्त हुँदैछ। २१ जनाको दरबन्दी रहेको सर्वोच्चमा हाल १६ जना मात्रै न्यायाधीश कार्यरत रहेका छन्। सामान्यत: कार्यकाल सकिनु एक महिनाअघि बिदा बस्ने प्रचलन भए पनि न्यायाधीश नियुक्ति गर्न प्रधानन्यायाधीश कार्कीले जोडबल गरिरहेका छन्। तर न्यायाधीश नियुक्तिको सुरसार तत्काल अघि बढ्ने देखि