प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल सकिँदै, यी हुन् अबका प्रधानसेनापति

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा साउन २४ गतेबाट बिदामा बस्दैछन् । कार्यकाल सकिनुभन्दा एक महिनाअघि बिदामा बसेर आफ्ना उत्तराधिकारीलाई कार्यवाहक जिम्मेवारी दिने सैन्य परम्पराअनुसार थापा बिदामा बस्न लागेका हुन् ।४३ औं प्रधानसेनापति पूर्णचन्द्र थापाले जेठ २३ मै पत्रकारहरुलाई साक्षी राखेर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए । त्यसको करिब दुई महिनापछि अर्थात् साउन २४ बाट उनी बिदामा बस्दैछन् ।नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रुपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदैछन्

सम्बन्धित सामग्री

बिदा भए प्रधानसेनापति पूर्णचन्द्र थापा

न्युज अफ नेपाल, काठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापाको कार्यकाल सकिएसँगै बिदाई गरिएको छ । सर्वोच्च र उच्चका न्यायाधीशहरु, कामु प्रधान सेनापति प्रभूराम शर्मा, पूर्व प्रधानसेनापतिहरु, रक्षासचिव बेगेन्द्रराज शर्मा, रथीवृन्द तथा अधिकृत,सुरक्षा निकायका प्रमुखहरु,सैनिक श्रीमती संघका पधिकारी, सञ्चारकर्मी लगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिबीच ३ वर्षे सेनापतित्वकालका अनुभूति साझेदारी गर्दै थापा बिदा भएका हुन् । कार्यक्रमको अन्त्यमा […]

जंगी अड्डाबाट औपचारिक रुपमै बिदा भए प्रधानसेनापति पूर्णचन्द्र थापा

प्रधानसेनापति पूर्णचन्द्र थापाको बिदाइमा आइतबार एक कार्यक्रमको आयोजना गरिएको छ । जंगी अड्डाले भद्रकालीमा आइतबार एक विशेष समारोह गरेर थापाको सम्मानमा बिदाइ कार्यक्रम गरेको हो ।  भदौ २४ गतेबाट प्रधानसेनापति थापाले अनिवार्य अवकाश पाउँदैछन् । अवकाश पाउनुभन्दा एक महिनाअघि थापा घर बिदामा बसेका थिए । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागू हुनेगरी प्रभुराम शर्मालाई शर्मालाई कायममुकायम प्रधानसेनापति तोकेकी थिइन् भने अहिले सरकारले यही भदौ २४ गतेदेखि लागू हुनेगरी प्रधानसेनापत

प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट विदामा, कायममुकाय प्रधानसेनापतिमा शर्मा

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट विदामा बस्दै छन्। भदौं २४ गतेबाट अवकास पाउन लागेका थापा नेपाली सेनाको चलन अनुसार अवकास अघि विदामा बस्न लागेका हुन्। थापा विदामा बस्ने भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा नियुक्त भइसकेका छन्। साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई…

आजबाट प्रधानसेनापति थापा अनिवार्य बिदामा : कायममुकायम प्रधानसेनापति शर्मा

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबारबाट अनिवार्य अवकाशका लागि एक महिना बिदा बस्दैछन् । उनले आगामी २४ भदौबाट अनिवार्य अवकाश पाउँदै छन् ।  अवकाश हुनुभन्दा महिना दिनअघि नै सेनामा घर बिदामा बस्ने...

गृहमन्त्री खाँणले लिए देशको शान्ति सुरक्षाबारे जानकारी

गृहमन्त्री खाँडले गृह मन्त्रालयमा आज प्रधानसेनापति पूर्णचन्द्र थापा र कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरी मुलुकको समग्र शान्ति सुरक्षाबारे जानकारी लिएका हुन्

प्रधानसेनापति थापा र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।  जंगीअड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।  प्रधानसेनापति थापाको तीन वर्षे पदावधि आगामी भदौ २४ गते सकिँदैछ ।

प्रधानसेनापति थापा र भारतीय सेनाध्यक्ष नरवणेबीच टेलिफोन कुराकानी

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेबीच टेलिफोन कुराकानी भएको छ।

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी

काठमाडौं, साउन १२ । सरकारले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापा सेवाबाट निवृत्त हुनलाग्नुभएको छ ।

पश्चिम पृतनाको निरीक्षण भ्रमणमा जाँदै प्रधानसेनापति

प्रधानसेनापति पूर्णचन्द्र थापा शनिबार कास्कीस्थित  पश्चिम पृतना हेडक्वार्टरको निरीक्षण भ्रमणमा जाने भएका छन् ।   निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त पृतना हेडक्वार्टरको वस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्ने नेपाली सेनाले जनाएको छ।   सो क्रममा उनले सकलदर्जाहरुलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ