हरित बिजुली बन्न सक्छ पेट्रोल डिजेलको विकल्प ?

काठमाडौं । सन् २०१९ को सेप्टेम्बर महिना थियो । अमेरिकाको मेरिल्याण्डस्थित टकोमा पार्कमा रहेको एक ग्यास स्टेसनलाई विद्युतीय गाडी चार्ज गर्ने केन्द्रमा परिणत गरियो । अमेरिकामा यो यसप्रकारको पहिलो चार्जिङ स्टेशन थियो । त्यहाँ एउटा गाडीलाई पूर्णरुपमा चार्ज गर्नका लागि आधा घण्टाको समय लाग्न सक्दछ, तर त्यसको मूल्य १० डलर मात्र पर्छ । जुन समयमा […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ।भूकम्पका कारण भत्किएका घरहरुको पुनः निर्माणका लागि भारतले १० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ। मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७०प्रतिशत सकिएको छ। सरकारले नयाँ पेट्रोल पम्पमा विद्युतीय गाडीको लागि अनिवार्य चार्जिङ स्टेशन राख्न निर्देशन दिएको छ। पछिल्लो ५ महिनामा नेपालमा १७२वटा नयाँ उद्योग दर्ता भएका छन्।

‘अबको समय बिजुली गाडीकै हो’

काठमाण्डाै - जेसिस इन्टरनेशनल कलेजका सञ्चालक रमेशचन्द्र प्रधान बीवाईडीको बिजुली गाडी ई ६ चढ्नुहुन्छ । उहाँले बीवाईडीको ई ६ चढ्न थालेको दुई वर्ष भयो । उहाँसँग पेट्रोल र डिजल गाडी चढेको अनुभव छ । पेट्रोल र डिजलबाट चल्ने गाडी चढ्दा सर्भिसिङ, मोबिल, पेट्रोल/डिजलको पैसा, बेलाबेलामा इन्धन नपाएर लाइन बस्नु परेको हैरानी भनि...

१० वर्षमा १० हजार मेगावाट बिजुली

विद्युत् निर्यातबाट आर्थिक रूपान्तरणको सपना देखिरहेको नेपालका लागि भारतले १० वर्षमा १० हजार मेगावाट (मेवा) बिजुली किन्ने विषयलाई त्यहाँको मन्त्रिपरिषद् बैठकले सहमति दिनु उत्साहको विषय हो । यसबाट भारततर्फ बिजुली निर्यात सम्भावनाको ढोका खोल्ने देखिन्छ । त्यसैले यो निकै सकारात्मक समाचार हो नेपालको जलविद्युत् क्षेत्रका लागि । तर, १० वर्षमा १० हजार मेवा बिजुली उत्पादन गर्ने सामथ्र्य नेपालसँग छ कि छैन, भारतले आफ्नो लगानीको मात्रै बिजुली किन्ने हो कि अन्यको लगानीको पनि उत्पादन किन्ने भनेको हो ? र, नेपालले निर्यातलाई मात्रै प्राथमिकता दिने कि आन्तरिक उपभोगलाई उच्च प्राथमिकता दिनुपर्ने हो जस्ता प्रश्न यसले उठाएको छ । भारतको मन्त्रिपरिषद्ले गरेको निर्णय के हो भन्ने अझै स्पष्ट छैन । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा पनि यसबारे कुनै लिखित सहमति भएको देखिँदैन । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलनमा यो जानकारी दिएका थिए । यस्तोमा भारतले नेपालको बिजुली लैजानेबारे केकस्तो शर्त र प्रावधान राखेको भन्ने सार्वजनिक भएको छैन । जेजस्तो भए पनि खेर गइरहेको पानीबाट बिजुली निकाली भारतलाई बेच्न सकियो भने त्यसले भारतसँगको व्यापारघाटालाई कम गर्न पक्कै मद्दत गर्छ ।  अहिले ऊर्जा सम्मिश्रणको नीतिअनुसार नदीप्रवाही आयोजना पर्याप्त देखिएको भन्दै आयोजना प्रवद्र्धकहरूसँग विद्युत् खरीद सम्झौता गर्न आलटाल र आनाकानी गरिरहेको छ । नेपालले १० वर्षभित्र १५ हजार मेवा बिजुली उत्पादन गर्ने लक्ष्य लिएको पनि ५ वर्ष भइसकेको छ । यो अवधिमा लक्ष्यअनुसार कतिपय आयोजना बनिसक्नुपर्ने हो । तर, लक्ष्यको अनुपातमा उत्पादन भएको देखिँदैन । जति उत्पादन भएको छ त्योमध्ये वर्षायाममा ४५० भन्दा बढी मेवा विद्युत् खेर जाने अवस्था आएको थियो । तर, त्यो बढी भएको बिजुली अहिले भारतलाई बेच्ने गरिएको छ । यो सकारात्मक शुरुआत हो । नेपालकै लगानीमा १५ हजार मेवा बिजुली निकाल्न झन्डै ३३ खर्ब लाग्ने आकलन विज्ञहरूले ५ वर्ष अघि गरेका थिए । त्यतिको रकम स्वपूँजी र बैंकहरूको ऋणबाट लगानी गर्न असम्भव नै चाहिँ देखिँदैन । तर, यसका लागि बजारको सुनिश्चितता पहिलो शर्त हो । अहिले ऊर्जा सम्मिश्रणको नीतिअनुसार नदीप्रवाही आयोजना पर्याप्त देखिएको भन्दै आयोजना प्रवद्र्धकहरूसँग विद्युत् खरीद सम्झौता गर्न आलटाल र आनाकानी गरिरहेको छ । ७ हजार मेवाभन्दा बढी आयोजनासँग खरीद सम्झौता नभएको बताइन्छ । यस्तोे कार्यशैलीले १० वर्षमा १० हजार बिजुली निर्यात सजिलै हुन्छ भन्न सकिँदैन । यद्यपि यसमा भारतीय कम्पनीले उत्पादन गर्ने बिजुलीको हिस्सा निकै ठूलो हुने देखिन्छ । नेपालले विद्युत् निर्यातका साथै आन्तरिक खपतलाई पनि उत्तिकै महत्त्व दिनु जरुरी छ । जति प्रतिव्यक्ति आम्दानी बढ्छ त्यति बिजुली खपत बढ्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएका छन् । त्यस्तै जति विद्युत् आपूर्ति नियमित र स्तरीय बन्दै जान्छ खपत पनि त्यही अनुपातमा बढ्छ भन्ने कुरा लोडशेडिङको अवस्था र अहिलेको अवस्थाले देखाएकै छ । लोडशेडिङका बेला मानिसहरूले ग्यासबाट चल्ने घरायसी उपकरण बढी किन्थे भने अहिले त्यसलाई विद्युतीय उपकरणले विस्थापित गरिसकेको छ । अत: नेपालले आन्तरिक खपतका लागि पनि उच्च प्राथमिकता दिनैपर्छ । विद्युतीय सवारीसाधनको प्रयोग बढ्दा एकातिर बिजुली खपत बढ्छ भने अर्कातिर पेट्रोल र डिजेल आयातलाई प्रतिस्थापन समेत गर्छ । त्यस्तै इन्डक्शन चूल्होले ग्यासको खपत घटाउँछ । यो भन्दा पनि औद्योगिक क्षेत्रमा गुणस्तरीय विद्युतीय आपूर्ति बढाउनेतिर लाग्नुपर्छ किनभने एउटै उद्योगले ठूलो परिमाणमा बिजुली खपत गर्छ । सिमेन्ट र रड उद्योगलाई मात्रै बिजुली नियमित दिन सकियो भने औद्योगिक खपत बढ्छ । त्यसैले भारतले बिजुली लैजान्छु भन्छ भने त्यो निकै सकारात्मक हो । तर, आन्तरिक खपतलाई पनि उत्तिकै प्राथमिकता दिएर वर्तमान वितरण प्रणालीलाई सुधार गर्नु आवश्यक देखिन्छ ।

बिजुली गाडीको युगतिर नेपाल, तर सिंहदरबार अझै अनुदार

‘मानव स्वास्थ्यको रक्षा, व्यापार घाटा न्यूनीकरण, घरेलु विद्युत्को उपयोगमा वृद्धि अनि किफायती र वातावरणमैत्री भएकाले विद्युतीय सवारी साधनको प्रयोग बढ्दो छ । तर, पर्याप्त चार्जिङ स्टेसन र अन्य आवश्यक पूर्वाधारको कमीका कारण अझै पनि ढुक्क हुन सकिने अवस्था छैन ।

वर्षा लागेपछि मात्रै नियमित बिजुली

काठमाडौं । उद्योगहरूमा विद्युत् आपूर्ति सहज हुन हिउँ पग्लिने र पानी पर्ने मौसम नै पर्खिनुपर्ने भएको छ । भारतबाट तत्काल आवश्यक मात्रामा बिजुली पाउने सम्भावना छैन । यस स्थितिमा आपूर्ति सहज बनाउन हिउँ पग्लिने र वर्षा हुने समय पर्खिनुको विकल्प नभएको हो । यस हिसाबले चाँडोमा जेठ दोस्रो सातापछि मात्रै विद्युत् आपूर्ति सहज हुने देखिन्छ । हिमालको फेदको हिउँ चैत/वैशाखमै पग्लिसकेको छ । माथिल्लो भेगको हिउँ ढिलोमा जेठ दोस्रो सातादेखि पग्लिन थाल्छ । त्यसपछि खोला/नदीमा पानीको मात्रा बढ्छ । खोलामा पानी बढेपछि विद्युत् उत्पादन स्वतः बढ्छ । त्यही आधारमा जेठ दोस्रो सातापछि विद्युत् आपूर्ति सामान्य हुने नेपाल विद्युत् प्राधिकरणले बताइरहेको हो । प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले जेठ दोस्रो सातादेखि विद्युत् आपूर्ति सहज हुने बताए । ‘जेठ दोस्रो सातादेखि हिउँ पग्लिन थाल्छ र खोलामा पानीको मात्रा पनि बढ्छ,’ उनले भने, ‘त्यसपछि विद्युत् आपूर्तिमा हामी सहज अवस्थामा पुग्छौं र स्वदेशी उत्पादनले नै बजारको माग पूरा गर्न सक्छौं ।’ असारपछि वर्षा शुरू हुन्छ, त्यो बेला खोलामा पर्याप्त मात्रामा पानी हुन्छ । त्यसपछि बिजुली भारत निर्यात नै गर्न सकिने प्राधिकरणको भनाइ छ । राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत्को जडित क्षमता २ हजार मेगावाटभन्दा बढी छ । खोलामा पानी कम हुँदा अहिले ८०० मेगावाट हाराहारीमात्रै उत्पादन भइरहेको छ । यही बेला माग चाहिँ १ हजार ६०० मेगावाट छ । नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । त्यसकारण हिउँदमा खोलामा पानी घट्दा विद्युत् उत्पादन स्वतः कम हुन्छ । वर्षामा भने पूर्ण क्षमतामा उत्पादन हुन्छ । खोलामा पानीको मात्रा कम भएर स्वदेशी उत्पादन घटेपछि प्राधिकरणले भारतबाट बिजुली ल्याएर माग धानिरहेको थियो । पछिल्लो समय भारतमै विद्युत् उत्पादन घटेको छ । भारतमा कोइलाबाट उत्पादन हुने विद्युत्को अंश बढी छ । रूस–युक्रेन तनावका कारण पछिल्लो समय विश्वभर कोइला अभाव भएको छ । त्यसको असर भारतको विद्युत् उत्पादनमा परेको हो । भारतमै उत्पादन घटेपछि प्राधिकरणले त्यहाँबाट पर्याप्त मात्रामा बिजुली ल्याउन सकेको छैन । र, गत हप्तादेखि औपचारिक रूपमै औद्योगिक क्षेत्रमा लोडशेडिङ शुरू गरेको छ । अहिले प्राधिकरणले घरायसी ग्राहकलाई भने २४सै घण्टा बिजुली दिइरहेको छ । औद्योगिक क्षेत्रमा विद्युत् कटौती भइरहेको छ । त्यसलाई कम गर्न प्राधिकरण प्रयत्नशील रहे पनि नजीतामूलक काम भएको छैन । लोडशेडिङ हुन थालेपछि औद्योगिक क्षेत्र मारमा परेको छ । इन्धन र बिजुली उद्योगलाई नभई नहुने चिज हुन् । अहिले पेट्रोल तथा डिजेल जस्ता इन्धनको मूल्य पनि आकाशिएको छ । यही बेला लोडशेडिङ हुन थालेपछि उद्योग सञ्चालन प्रभावित भएको व्यवसायी बताउँछन् । ऊर्जा अभावले उद्योगहरू घाटामा जाने र अन्ततः बन्दै हुने डर व्यवसायीलाई छ ।

ऊर्जा संकटोन्मुख नेपाल – बिजुली, कोइला र पेट्रोलको मूल्य बढेको बढ्यै

रुस–युक्रेन युद्ध असर चौतर्फी परिरहँदा विश्व बजारमा सबै खाले ऊर्जा स्रोतको मूल्य बढेको छ । खनिज इन्धनमा पूर्णतः आयात आश्रित नेपालले पनि ऊर्जा र इन्धन आयातमा महँगो मूल्य चुकाइरहेको छ ।प्रत्येक वर्ष नेपालमा अर्बौँ रुपैयाँ बराबरको कोइला र पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, एलपी ग्याँस, हवाई इन्धन र मट्टितेल) आपूर्ति आयातबाटै हुन्छ । नेपालमा ठूला कोइला खानी र तेल कुवा नहुँदा कोइला र पेट्रोलियम पदार्थ आपूर्ति निम्ति विदेशी बजारमै निर्भर हुनुपरेको छ ।नेपाललाई आवश्यक शतप्रतिशत खनिज इन्धन भारत हुँ

पेट्रोलियम पदार्थ विस्थापन : चर्चा बढी, लक्ष्य भेट्न मुस्किल

गत वर्खायाममा नेपालमा ३०० मेगावाटसम्म बिजुली खेर गयो । अर्कातिर, खनिज इन्धनमा भारतमाथि निर्भर नेपालले चालू आर्थिक वर्षको ७ महिनामा भारतबाट पेट्रोल ३३ अर्ब ५६ करोड, डिजेल ७२ अर्ब ९६ करोड, एलपीजी ग्यास ३४ अर्ब ६९ करोड र मट्टितेल ७४ करोड रुपैयाँभन्दा बढीको आयात ग¥यो ।खनिज इन्धनको मूल्य यो वर्ष विश्वव्यापी रूपमै लगातार बढिरहेको छ । यता देशमै उत्पादित विद्युत् खेर जाने, उता व्यापारघाटा सहँदै विदेशबाट आयातित इन्धन आम उपभोक्ताले किन्नै नसक्नेगरी महँगिँदा यसको विकल्प खोजी भइरहेको छ । बिजुली प्रयोग ग

पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनमा बदलौं : अर्थमन्त्री शर्मा

काठमाडौँँ– अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विस्थापन गर्दै विद्युतीय सवारीसाधनको बिक्रीमा जोड दिन आग्रह गरेका छन् । बुधबार अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडाको) को ४५औं वार्षिक साधारण सभामा बोल्दै उनले स्वदेशमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनीकरण गर्न पनि इलेक्ट्रिक सवारी साधनको उपयोग वृद्धि गर्नुपर्ने बताएका हुन् । ‘अब बिस्तारै […]

दशैँखर्च जुटाउने कला

मान्छेको दिमागमा असीमित सम्भावना छ। यसै कारणले औद्योगिक क्रान्ति भयो, बाफले रेल चलायो, बिजुली क्रान्ति भयो, सूचनाप्रविधिको क्रान्ति भयो। पछिल्लो चरणमा आर्टिफिसियल इन्टेलिजेन्स, अटोमेशन र डिजिटलाइजेशनको क्रमिक विस्तार भइरहेको छ।यी सबै क्रान्तिले पश्चिमा मुलुक, चीन, जापान र कोरिया लगायतका देशलाई सम्पन्न बनाइरहेको छ। हामी नेपाली भने प्रयोगकर्ता मात्र बनेका छौँ‚ स्वामित्वकर्ता बन्न सकेका छैनौँ। त्यसैले गरिब छौँ।अहिले वातावरणमैत्री हरित भविष्यको खोजी हुँदै छ। डिजल पेट्रोल सञ्चालित मोटरको ठ

हाइड्रोजन इन्धन उत्पादनबारे निगमले केयूसँग मिलेर अध्ययन गर्ने

२६, पुस, काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र ग्यासको विकल्पकको रुपमा प्रयोग गर्न हाइड्रोजन इन्धनको व्यवसायिक विकास गर्ने भएको छ । स्वदेशमा उत्पादित बिजुली प्रयोग गरेर हाइड्रोजन इन्धन उत्पादनबारे अध्ययन गर्न निगमले काठमाडौं विश्वविद्यालय (केयू)सँग शुक्रबार समझदारी गरेको छ । निगमका निर्देशक दीपक बराल र केयूका स्कुल अफ इन्जिनियरिङका डीन डा.डम्बरबहादुर नेपालीबीच आपसी […]