काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदार र उनी सम्बद्ध नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरूले आचार संहिता विपरित काम गरेको भन्दै स्पष्टीकरण माग गरेको छ ।