९९.५ मेगावाट क्षमताको तामाकोसी–५ निर्माणको तयारी

 माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ । दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९.५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ भने वित्तीय व्यवस्थापनका लागि अन्तिम पहल भइरहेको जनाइएको छ ।४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निस्किएको पानी आठ किलोमिटर लामो सुरुङबाट अर्को विद्युत्गृहमा पु-याउने र त्यहाँबाट विद्युत् उत्पादन गर्ने योजनाअनुरूप नेपाल विद्युत् प्राधि

सम्बन्धित सामग्री

गोरखामा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत आयोजना बन्दै

६ चैत, गोरखा । गोरखाको गण्डकी गाउँपालिका-१ बुटारमा सुपर त्रिशुली जलबिद्युत आयोजना निर्माणको काम अघि बढेको छ । १९ अर्व लागतमा ब्लु इनर्जी प्रालिले आयोजना निर्माण थालिएको उक्त आयोजना १०० मेगावाट क्षमताको रहने प्रालिका निर्देशक निरन्जन रेग्मीले बताए । निर्देशक रेग्मीका अनुसार काठमाडौंको सीई निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएर काम अघि बढाइएको हो । ‘सिभिल […]

एकैपटक तीन अन्तरदेशीय प्रसारण लाइन बन्दै

नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी एसजेभिएन अरूण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले ढल्केबर–सीतामढी ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम भइरहेको छ।...

१२८ मेगावाटको तमोर–मेवाकाे बिद्युत खरिद बिक्री दर निर्धारणको तयारी

निर्माणको अन्योलतालाई चिर्दै १२८ मेगावाट क्षमताको तमोर–मेवा जलबिद्युत आयोजना अब भने अघि बढ्ने भएको छ।...

सर्वेक्षण भएको १८ वर्षपछि कार्यान्वयनको तयारीमा…

अठार वर्षअघि सर्वेक्षण गरिएको एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । म्याग्दी र मुस्ताङमा संरचना रहने गरी प्रस्ताव गरिएको आयोजना डेढ दशकपछि निर्माणको प्रक्रियालाई अगाडि बढाइएको हो । हाइड्रो सोलुसनबाट गत मङ्सिरमा कालीगण्डकी गर्जको स्वामित्व लिएको त्रिवेणी इनर्जी प्रालिले आयोजना निर्माणको प्रक्रिया अघि बढाएको हो । विसं २०६३ …

ऊर्जा संकट राष्ट्र निर्माणको प्रमुख बाधकः अध्यक्ष भट्ट

टीबीआई ग्रुपका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टले ऊर्जा संकट नै राष्ट्र निर्माणको प्रमुख बाधक भएको बताएका छन् । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ नाराका साथ मंगलबार सुरु दुई दिने ऊर्जा सम्मेलनमा बोल्दै उनले ऊर्जा संकट नै राष्ट्र निर्माणको प्रमुख बाधक बनेको बताएका हुन् । सम्मेलनमा भट्टले ६५० मेगावाट क्षमताको तामाकोशी थ्री […]

राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिँदै

बेनी : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ। ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको सो आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको हो। प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको सो आयोजनाले करिब ६० प्रतिशत…

निर्माणको अन्तिम चरणमा घारखोला जलविद्युत् आयोजना

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।  विसं २०७४ चैत महिनादेखि सुरु भएको घार खोलाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रवर्द्धक कम्पनी म्याग्दी हाइड्रोपावरले जनाएको छ ।कम्पनीका अध्यक्ष भरत नेपालले आयोजनाको बनिसकेका संरचना परीक्षण गर्न थालिएको जानकारी दिए । “बाँध र डिसेन्टर (पानी थिग्राउने पोखरी) मा पानी हालेर परीक्षण सुरु गरिएको छ”, उनले भने, “सुरुङ, विद्युत् गृह, प्रसारण लाइन र सवस्टेसन

म्याग्दीमा निर्माणाधीन ७१ मेगावाट क्षमताको नीलगिरि जलविद्युत् अन्तिम चरणमा

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माणाधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ।नीलगिरि हाइड्रोपावरले तीन वर्षअघि अन्नपूर्ण बेसक्याम्प नजिक ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो आयोजनाको एकसाथ निर्माण थालेको थियो।एउटै खोलाबाट एकैपटक १०९ मेगावाट क्षमताको दुईवटा जलविद्युत आयोजना शुरु गरेको नीलगिरि हाइड्रोपावरले ४.२७५ किलोमिटर लामो सुरुङ खोलेसँगै  आयोजनाको कामले गति लिन थालेको हो।

प्रसारणलाइनको अभावमा १९ मेगावाट बिजुली खेर जाँदै

प्रसारण लाइनको अभावमा १९ मेगावाट बिजुली खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । १२ मेगावाट क्षमताको उपल्लो खिम्ती र ७ मेगावाट क्षमताको उपल्लो खिम्ती दोस्रो आयोजनाबाट उत्पादित बिजुली खेर गइरहेको हो ।यी आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसक्दा १९ मेगावाट बिजुली खेर गइरहेको बताइएको छ । स्थानीयको अवरोधका कारणले यी दुई आयोजनाबाट उत्पादित बिजुली जोड्ने प्रसारण लाइनको निर्माण प्रक्रिया सकिएको छैन । आगामी असार महिनासम्ममा सक्नुपर्ने प्रसारण लाइन निर्माणको काम स्था

सानिमालाई ५६ मेगावाट क्षमताको हाइड्रोपावर निर्माण अनुमति

५६ मेगावाट क्षमताको जुमखोला हाइड्रोपावर निर्माणको अनुमति सानिमा हाइड्रोले पाएको छ ।  ५५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको नजिकै बन्ने सो आयोजनाको ग्रिड कनेक्सन एग्रिमेन्ट भइसकेको छ । तर, ‘टेक अर पे’ पीपीए रोकिँदा आयोजनाको विद्युत खरिद सम्झौता भइसकेको छैन । आयोजनाको निर्माण सुरु भएको ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य भएपनि विद्युत खरिद बिक्री सम्झौता नहुँदा वित्तीय व्यवस्थापन र निर्माण सुरु ढिलाइ भएको आयोजनाले बताएको छ ।आयोजना स्थलसम्मको पहुँचमार्गदेखि