म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माणाधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ।नीलगिरि हाइड्रोपावरले तीन वर्षअघि अन्नपूर्ण बेसक्याम्प नजिक ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो आयोजनाको एकसाथ निर्माण थालेको थियो।एउटै खोलाबाट एकैपटक १०९ मेगावाट क्षमताको दुईवटा जलविद्युत आयोजना शुरु गरेको नीलगिरि हाइड्रोपावरले ४.२७५ किलोमिटर लामो सुरुङ खोलेसँगै आयोजनाको कामले गति लिन थालेको हो।