नेपाली काँग्रेसका नेतृत्वमा सरकार गठन भएसँगै हिजो छाया मन्त्री रहेकाहरू अब साँच्चैको मन्त्री बन्नका लागि दौडधूपमा लागेका छन् ।विगतमा केपी ओलीको सरकारमाथि निगरानी गर्न नेपाली काँग्रेसले छाया सरकार बनाएको थियो । जसमा, डा. नारायण खड्का छाया परराष्ट्र मन्त्री थिए । त्यसै गरी डिला सङ्ग्रौला श्रम, राजेन्द्र केसी वन, बहादुरसिंह लामा सञ्चार, उमा रेग्मी महिला, सञ्जय गौतम भौतिक पूर्वाधार, उमाकान्त चौधरी सहरी विकास, देवेन्द्रराज कँडेल पर्यटन र भीमसेनदास प्रधानले रक्षा मन्त्रालयको छाया जिम्मेवार