पश्चिमी हेरात प्रान्त पुनः आफ्नो नियन्त्रणमा आएको अफगान सरकारको दाबी

काठमाण्डाै - पश्चिमी हेरात प्रान्त पुनः आफ्नो नियन्त्रणमा आएको अफगानिस्तान सरकारले दाबी गरेको छ । सरकारी सेनाले हेरात प्रान्तको कारुख जिल्लालाई पुनः कब्जा गरेको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  सरकारले पुनः कब्जा गर्ने क्रममा भएको कारबाहीमा १८ तालिबान लडाकु मारिनुको साथै अरु २० जना घाइते भएका पनि विज्ञप्तिमा भनिएको छ ।  एक महिनायता हेरात प्रान्तका केही जिल्लामा कब्जा गरेका अफगान तालिबान समूहले कारुख जिल्लाको अवस्थाबारे अहिलेसम्म प्रतिक्रिया जनाएको छैन ।  अफगानिस्तानबाट अमेरिक...