शिवरात्रिका लागि सिंगारिँदै पशुपति क्षेत्र [फोटो फिचर]

काठमाडौं । शिवरात्रि पर्व नजिकिएसँगै काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्र सिंगारिन थालिएको छ । पर्वका अवसरमा प्रवेशद्वार निर्माणदेखि पशुपति क्षेत्रका विभिन्न मन्दिरको रङरोगन र सरसफाइ थालिएको हो ।  शिवरात्रिका लागि भारतबाट केही नागा बाबा र जोगी पशुपति क्षेत्रमा पुगिसकेका छन् । उनीहरू आउने क्रम जारी छ । पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष शिवरात्रिमा भारतका नागा बाबा र जोगी बोलाउने गरेको छ । यस वर्षको शिवरात्रि पर्व आगामी शनिवार (फागुन ६ गते) परेको छ । तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

सम्बन्धित सामग्री

शिवरात्रिमा राखिएको रोटेपिङ अझै हटेन

पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका अवसरमा मनोरञ्जनात्मक गतिविधि गर्ने गरी एक साताका लागि भाडामा दिएको वनकालीको करिब दुई रोपनी जग्गा अझै फिर्ता लिएको छैन । यो जग्गामा अझै पनि रोटेपिङसहित व्यापार,...

पशुपतिमा लाग्यो ‘बाबा’लाई शिवरात्रिको रौनक (फोटो फिचर)

काठमाडौँ – यस वर्षको महाशिवरात्रि पर्वको तयारी पशुपति क्षेत्र विकास कोषले पूरा गरेको छ। शनिबार हुने शिवरात्रि मेलाका लागि कोषले पाशुपत क्षेत्रको सरसफाइ, रंग रोगन गर्ने, सुरक्षा प्रवन्ध मिलाउने, बत्तीको व्यवस्थापन गर्ने जस्ता काम गरेको छ। शिवरात्रिका लागि भारतबाट साधुसन्त, जोगीहरु पनि आइपुगेका छन्। केही शुक्रबार पनि आउन सक्ने जनाइएको छ। तर विगतको तुलनामा यसपटक […]

तस्बिरहरू: शिवरात्रिका लागि पशुपतिनाथ परिसर सिँगारिँदै

पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका लागि पशुपतिनाथ परिसरमा रंगरोगन र सजावटको कामलाई तीव्र पारेको छ । शिवरात्रिका लागि साधुसन्तहरुको चहलपहल पनि बढ्न थालेको छ । कालमोचनघाट, राममन्दिर, अन्नपूर्ण र स्वर्गद्वारी आश्रममा साधुसन्तको भीड बढेको हो । कोषका अनुसार फागुन ६ मा हुने शिवरात्रि मेला दर्शनका लागि साधुसन्त आउने क्रम बढ्दै गएको छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला भर्न स्वदेशका विभिन्न स्थान तथा भारतका विभिन्न मठमन्दिरबाट जोगी बाबा आउने गर्छन् । शिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेमा पुण्य हुने जनविश्वास रहेको छ।

शिवरात्रिका साधुसन्तको बिदाइ : नागाबाबालाई ८ हजार दक्षिणा, अन्यलाई ९ सयमाथि

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ। गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन्। संस्थानले बिहीबार र शुक्रबार बिदाइ गरेको पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले जानकारी दिइन्। गोरखनाथ अखडाका साधुसन्तलाई भने बिदाइ गर्न बाँकी…

महाशिवरात्रि : तस्बिरमा पाशुपत क्षेत्र

शिवरात्रिका अवसरमा मंगलबार बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ। हजारौंको संख्यामा भक्तजन यहाँ आइपुगेका छन्। त्यस्तै, विभिन्न ठाउँबाट आएका साधुसन्त र नागा बाबाहरु मन्दिर परिसरमा बसेका छन्। पशुपति क्षेत्र...

शिवरात्रिका लागि सजाइएको पशुपति (तस्वीरमा)

काठमाडौं : पशुपति विकास कोषले पशुपतिनाथ मन्दिर क्षेत्रका अधिकांश ठाउँमा महाशिवरात्रिका लागि सजाएर झिलिमिली बनाएको छ। भोलि फागुन १७ गते महाशिवरात्रि परेको छ। पशुपतिनाथ मन्दिर परिसरलाई सुन्दर बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिएका थिए।महाशिवरात्रिको पूर्व संन्ध्यामा पशुपति क्षेत्र फूल र बिजुली बत्तीले रङ्गीचङ्गी पारेर सजाइएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाइएको र यसका लागि करि

शिवरात्रिका लागि सजाइँदै पशुपति (फोटोफिचर)

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा फागुन १७ गतेका लागि पशुपति क्षेत्र सजाउन थालिएको छ । जोगी तथा साधुसन्त, भगवान शिवका भक्तहरु पनि विभिन्न स्थानबाट शिवरात्रि सुरु हुन एक साता अगाडिदेखि नै पशुपति क्षेत्र पुगिसकेका छन् ।

यस्तो छ पशुपतिमा शिवरात्रिका लागि व्यवस्था, बिना मास्क लाइन बस्न नपाइने

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा लागि सुरक्षा व्यवस्थान पूरा गरेको छ। महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिरमा मंगलबार बेलुकासम्म तीन हजार भन्दा बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।...

शिवरात्रिको दिन सार्वजनिक गाडी निरन्तर चल्ने

काठमाण्डौ – शिवरात्रिका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चावहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक गाडी निरन्तर चल्ने छन् । तर, दर्शनार्थीको चाप बढी भइ यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा गाडी आवागमनलाई निषेध गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस्तै, मालबाहक गाडीलाई पनि रोक्ने गरी सुरक्षा एवं यातायात योजना बनाइएको कोषले जनाएको छ । शिवरात्रिका अवसरमा ६० वटा संस्थालाई स्वयंसेवा गर्न, २५ वटा संस्थालाई स्वास्थ्य शिविर राख्न र २० संस्थालाई निःशुल्क भोजनको व्यवस्था गर्न अनुमति दिइएको...