तस्बिरहरू: शिवरात्रिका लागि पशुपतिनाथ परिसर सिँगारिँदै

पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका लागि पशुपतिनाथ परिसरमा रंगरोगन र सजावटको कामलाई तीव्र पारेको छ । शिवरात्रिका लागि साधुसन्तहरुको चहलपहल पनि बढ्न थालेको छ । कालमोचनघाट, राममन्दिर, अन्नपूर्ण र स्वर्गद्वारी आश्रममा साधुसन्तको भीड बढेको हो । कोषका अनुसार फागुन ६ मा हुने शिवरात्रि मेला दर्शनका लागि साधुसन्त आउने क्रम बढ्दै गएको छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला भर्न स्वदेशका विभिन्न स्थान तथा भारतका विभिन्न मठमन्दिरबाट जोगी बाबा आउने गर्छन् । शिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेमा पुण्य हुने जनविश्वास रहेको छ।