जुम्ला : नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिका अनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरको शुक्रबार उडान भर्नुपर्ने तालिका (सेड्यूल) छ। त्यस्तै नेपाल एयरलाइन्सले आइतबार उडान भर्नुपर्छ।तर, लामो समयदेखि नै यी हवाइ सेवा प्रदायकको टिकट बुकिङ एजेन्टमार्फत हुँदा नागरिकले सास्ती पाएका छन्। एजेन्टमार्फत टिकट वितरण हुने प्रणालीका कारण तालिका (सेड्यूल) अनुसार उडान हुने फाइदा नागरिकले लिन पाएका छैनन्। जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा न