खुल्यो नाग्म-जुम्ला सडकखण्ड

जुम्ला : पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला-नाग्म सडकखण्ड खुलेको छ। करिब एक साता लामो प्रयासपछि नाग्म-जुम्ला सडक खण्ड खोल्न सफल भएको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ।डिभिजन सडक कार्यालयका प्रमुख राजिव श्रेष्ठले जुम्ला बजार सडकखण्डको रारा-लिही हुँदै नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको बताए। उनले अब जुम्ला-नाग्म सडक खुलाइएको बताए।उनले भने, ‘अवरुद्ध सडक खुलाउन पहिरो गएको क्षेत्रमा असोज २२ गतेबाट २ जना इन्जिनियर, ३ जना सब-इन्जिनियर, ७ जना सुपरभाइजर र ७३ जना लेन्थ वर्कर ख