विमानस्थलमा प्रहरी-कर्मचारी हातपात : भिजिट भिसा छानबिनले बढायो अविश्वास

अध्यागमनका कर्मचारी र प्रहरीबीच शुक्रबार भएको हातपात घटनाका सम्बन्धमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा शुक्रबारै तीन सदस्यीय समिति बनाएको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य छन् । समितिलाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

सम्बन्धित सामग्री

भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेवानिका दुई कर्मचारी निलम्बित

३ पुस, काठमाडौं । भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेपाल एयरलाइन्स (नेवानि) का दुई कर्मचारी निलम्बनमा परेका छन् । भ्रमण भिसामा जानेहरुको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले नेपाल एयरलाइन्सका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई पक्राउ परेको छ । निगमका कार्यकारी प्रमुख युवराज अधिकारीले लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएका कारण […]

भिजिट भिसा प्रकरण : अध्यागमन कार्यालयका प्रमुख हटाइए

काठमाडौं, भदौ २१ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रालयले कारागार व्यवस्था विभागका महानिर्देशक वासुदेव पौडेललाई त्रिवि अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा खटाएको छ। तर गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विमानस्थलस्थित कार्यालयका प्रमुख परिवर्तन नियमित प्रक्रियाअनुरूप भएको बताए। पोखरेलले नक्कली कागजपत्र प्रयोग गरी अध्यागमनबाट खाडी मुलुक पठाउने […]

‘भिजिट भिसा’ लिएर रोजगारीका लागि विदेश नजान गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर रोजगारी गर्न पाउने प्रलोभनमा नपर्न सूचित गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भिजिट भिसामा पर्यटकका रुपमा मात्र विदेश जान पनि सुझाएको छ ।मन्त्रालयले पछिल्लो समय नेपाली नागरिकहरु भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायतका विभिन्न कठिनाइ भोगिरहेको गुनासो आइरहेको भन्दै भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने भिस

कुवेतले दुई वर्षपछि फ्यामिली भिजिट भिसा खुलायो, मापदण्ड पुरानै

कुवेत सरकारले दुई वर्षपछि विदेशी नागरिकका हकमा ‘फ्यामिली भिजिट भिसा’ यही सातादेखि खुलाउने भएको छ ।

दुई वर्षदेखि बन्द कुवेतको ‘फ्यामिली भिजिट भिसा’ यसै हप्तादेखि खुल्दै

कुवेतले दुई वर्षदेखि बन्द गरेको ‘फ्यामिली भिजिट भिसा’ यसै हप्तादेखि खुलाउने भएको छ । कोरोना महामारीपछि कुवेतले त्यहाँ रहेका आप्रवासीहरुलाई पारिवारिक अर्थात् फ्यामिली भिजिट भिसा प्रदान गर्न बन्द गरेको थियो । तर ईदभन्दा पहिले बसेको त्यहाँको मन्त्रीस्तरीय बैठकले कोरोना नियन्त्रण विरुद्धका प्रतिबन्धहरु हटाएसँगै भिजिट भिसा दिन पनि अनुमति दिएको त्यहाँको आवास मामिला विभागको निर्णयलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ । फ्यामिली भिजिट भिसाको लागि कुवेत सरकारले तोकेको तलब, सुरक्षा व्यवस्था, राष्ट्रियता लगायत पहिल...

‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने

काठमाडौँ– सरकारले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने भएको छ । भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई विभिन्न कठिनाइ भोगिरहेका सन्दर्भमा बास्तविक स्थितिको विष्लेषण र त्यसबाट सिर्जित समस्याका विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेश गर्न गठित समितिलाई उक्त मापदण्ड बनाउने जिम्मा दिइएको हो । गृह मन्त्रालयका सहसचिव फडिन्द्रमणि पोखरेलको संयोजकत्वमा उक्त समिति […]

‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने

सरकारले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने भएको छ । भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई विभिन्न कठिनाइ भोगिरहेका सन्दर्भमा बास्तविक स्थितिको विष्लेषण र त्यसबाट सिर्जित समस्याका विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेश गर्न गठित समितिलाई उक्त मापदण्ड बनाउने जिम्मा दिइएको हो । गृह मन्त्रालयका सहसचिव फडिन्द्रमणि पोखरेलको संयोजकत्वमा उक्त समिति बनाइएको छ । समितिका सदस्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुर

कुवेतले आगामी अक्टोबरदेखि खुला गर्ने भो भिजिट भिसा

कुवेतको  आन्तरिक मन्त्रालयका अनुसार कुवेतले पारिवारिक, व्यापारिक र यात्रा प्रयोजनका लागि भिजिट भिसा जारी गर्दै आएको छ ।

भिजिट भिसामा '४० वर्ष' नियमको विरोध गर्दै अध्यागमन विभाग बाहिर प्रदर्शन

काठमाडौं : पहिलो पटक भिजिट भिसा (पर्यटन भिसा)मा विदेश जना लागेका महिलाहरूका लागि अध्यागमन विभागले कडाइ गर्ने नियम ल्याउने तयारी गरेको छ। विभागले भिजिट भिसा सम्बन्धी नयाँ कार्यविधिलाई संशोधन गर्दै ४० वर्ष भन्दा कम उमेरका महिलाले भिजिट भिसामा पहिलोपटक विदेश जाँदा परिवार र वडाको सिफारिस लिनुपर्ने नियम ल्याउन आँटेको भन्दै…

विदेश जाने ४० वर्षभन्दा कम उमेरका महिलाले सिफारिस लिनुपर्ने कुरा उठ्यो कसरी?

काठमाडौं : पहिलो पटक भिजिट भिसा (पर्यटन भिसा)मा विदेश जना लागेका महिलाहरूका लागि अध्यागमन विभागले कडाइ गर्ने नियम ल्याउन लागेको छ। विभागले भिजिट भिसा सम्बन्धी नयाँ कार्यविधिलाई संशोधन गर्दै थप कडाइ गर्ने नियम ल्याउन लागेको हो। विभागले पठाएको कार्यविधि गृह मन्त्रालयको कानुन शाखामा पुगेको छ। गृह मन्त्रालयले विभागले गरेको संशोधनलाई स्वीकृत…