३ पुस, काठमाडौं । भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेपाल एयरलाइन्स (नेवानि) का दुई कर्मचारी निलम्बनमा परेका छन् । भ्रमण भिसामा जानेहरुको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले नेपाल एयरलाइन्सका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई पक्राउ परेको छ । निगमका कार्यकारी प्रमुख युवराज अधिकारीले लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएका कारण […]
काठमाडौं, भदौ २१ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रालयले कारागार व्यवस्था विभागका महानिर्देशक वासुदेव पौडेललाई त्रिवि अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा खटाएको छ। तर गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विमानस्थलस्थित कार्यालयका प्रमुख परिवर्तन नियमित प्रक्रियाअनुरूप भएको बताए। पोखरेलले नक्कली कागजपत्र प्रयोग गरी अध्यागमनबाट खाडी मुलुक पठाउने […]
गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर रोजगारी गर्न पाउने प्रलोभनमा नपर्न सूचित गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भिजिट भिसामा पर्यटकका रुपमा मात्र विदेश जान पनि सुझाएको छ ।मन्त्रालयले पछिल्लो समय नेपाली नागरिकहरु भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायतका विभिन्न कठिनाइ भोगिरहेको गुनासो आइरहेको भन्दै भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने भिस
कुवेतले दुई वर्षदेखि बन्द गरेको ‘फ्यामिली भिजिट भिसा’ यसै हप्तादेखि खुलाउने भएको छ ।
कोरोना महामारीपछि कुवेतले त्यहाँ रहेका आप्रवासीहरुलाई पारिवारिक अर्थात् फ्यामिली भिजिट भिसा प्रदान गर्न बन्द गरेको थियो । तर ईदभन्दा पहिले बसेको त्यहाँको मन्त्रीस्तरीय बैठकले कोरोना नियन्त्रण विरुद्धका प्रतिबन्धहरु हटाएसँगै भिजिट भिसा दिन पनि अनुमति दिएको त्यहाँको आवास मामिला विभागको निर्णयलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।
फ्यामिली भिजिट भिसाको लागि कुवेत सरकारले तोकेको तलब, सुरक्षा व्यवस्था, राष्ट्रियता लगायत पहिल...
काठमाडौँ– सरकारले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने भएको छ । भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई विभिन्न कठिनाइ भोगिरहेका सन्दर्भमा बास्तविक स्थितिको विष्लेषण र त्यसबाट सिर्जित समस्याका विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेश गर्न गठित समितिलाई उक्त मापदण्ड बनाउने जिम्मा दिइएको हो । गृह मन्त्रालयका सहसचिव फडिन्द्रमणि पोखरेलको संयोजकत्वमा उक्त समिति […]
सरकारले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने भएको छ । भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई विभिन्न कठिनाइ भोगिरहेका सन्दर्भमा बास्तविक स्थितिको विष्लेषण र त्यसबाट सिर्जित समस्याका विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेश गर्न गठित समितिलाई उक्त मापदण्ड बनाउने जिम्मा दिइएको हो । गृह मन्त्रालयका सहसचिव फडिन्द्रमणि पोखरेलको संयोजकत्वमा उक्त समिति बनाइएको छ । समितिका सदस्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुर
काठमाडौं : पहिलो पटक भिजिट भिसा (पर्यटन भिसा)मा विदेश जना लागेका महिलाहरूका लागि अध्यागमन विभागले कडाइ गर्ने नियम ल्याउने तयारी गरेको छ।
विभागले भिजिट भिसा सम्बन्धी नयाँ कार्यविधिलाई संशोधन गर्दै ४० वर्ष भन्दा कम उमेरका महिलाले भिजिट भिसामा पहिलोपटक विदेश जाँदा परिवार र वडाको सिफारिस लिनुपर्ने नियम ल्याउन आँटेको भन्दै…
काठमाडौं : पहिलो पटक भिजिट भिसा (पर्यटन भिसा)मा विदेश जना लागेका महिलाहरूका लागि अध्यागमन विभागले कडाइ गर्ने नियम ल्याउन लागेको छ। विभागले भिजिट भिसा सम्बन्धी नयाँ कार्यविधिलाई संशोधन गर्दै थप कडाइ गर्ने नियम ल्याउन लागेको हो।
विभागले पठाएको कार्यविधि गृह मन्त्रालयको कानुन शाखामा पुगेको छ। गृह मन्त्रालयले विभागले गरेको संशोधनलाई स्वीकृत…