बिराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने अहिलेसम्म कुनै सहमति नभएको बताएका छन्।बुधबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि प्रदेशसभा सचिवालयमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।पाँचदलीय गठबन्धनले आलोपालो नेतृत्वका लागि सहमति गरे त्यो स्विकार्न तयार रहेको बताउँदै उनले अहिलेसम्म यो विषयमा केन्द्रमा कुनै सहमति नभएको प्रष्ट पारे।‘प्रदेश सरकारको नेतृत्व आधाआधा कार्यकाल हुने भन्ने विषयमा अहिलेसम्