कांग्रेस अविधेशन कार्यतालिका फेरि प्रभावित, १३ जिल्लामा भोलि अधिवेशन नहुने

काठमाडौँ – नेपाली कांग्रेसले १३ जिल्लाको क्रियाशिल सदस्यता सार्वजनिक गर्न नसक्दा फेरि अधिवेशन कार्यतालिका प्रभावित हुने भएको छ। पछिल्लोपटक हेरफेर गरिएको कार्यतालिका अनुसार मंगलबार बाँकी रहेका २० जिल्लामा वडा अधिवेशन गर्ने भनिए पनि सात जिल्लामा मात्रै हुने भएको हो। १३ जिल्लाको क्रियाशिल सदस्यतामा देखिएको विवाद सोमबार साँझसम्म सार्वजनिक नहुँदा मंगलबार वडा अधिवेशन नहुने भएको हो। […]

सम्बन्धित सामग्री

कांगेस पर्साको अधिवेशन फेरि सर्‍यो

वीरगंजः नेपाली कांग्रेस पर्साको जिल्ला अधिवेशन थप दुई दिन पछि धकेलिएको छ। १४औँ महाधिवेशन अन्तर्गत पटकपटक सर्दै आएको जिल्ला अधिवेशनको कार्यतालिका दुईदिन पछि धकेलिएको हो। पर्साका प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीका अनुसार प्राविधिक तयारीको कारण अधिवेशन फागुन १७ गतेबाट १९ गतेलाई सारिएको हो। नयाँ कार्यतालिका अनुसार १७ गते बिहान १०…

कांग्रेस महाधिवेशन : प्रदेशको अधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज (शुक्रबार)देखि प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन शुरु हुँदैछ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन हुने जानकारी दिएका हुन् । कांग्रेस केन्द्रीय महाधिवेशन २४-२६ मंसिरमा काठमाडौँमा हुने कार्यतालिका छ । तर, अझै सर्लाही, सिन्धुपाल्चोक र रसुवामा वडा र गाउँपालिका तहमा विवाद कायमै छ । जसकारण […]

कांग्रेस अधिवेशन कार्यतालिका फेरि फेरिने, दसैँअघि पालिका तहको अधिवेशन मात्रै

काठमाडौँ – नेपाली कांग्रेसको अधिवेशन कार्यतालिका फेरि फेरिने भएको छ। चौथोपटक भदौ २५ गते सार्वजनिक भएको अधिवेशन कार्यतालिकालाई पुनः परिमार्जन गर्ने निर्णय प्रभावशाली नेताहरुको बैेठकले गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा दसैंअघि पालिका अधिवेशन मात्रै गर्नेगरी महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्ने सहमति भएको हो। प्रकाशित कार्यतालिका अनुसार असोज १८ भन्दा […]

क्रियाशील विवादले छैटौँपटक कांग्रेस महाधिवेशन कार्यतालिका प्रभावित

क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि प्रभावित बनेको छ । १३ जिल्लाको अधिवेशन अनिश्चित हुँदा कार्यतालिका प्रभावित बनेको हो । मंगलबारका लागि २० जिल्लामा एकसाथ वडा अधिवेशनको कार्यतालिका रहेको थियो ।...

कांग्रेस अधिवेशन कार्यतालिका फेरि हेरफेर

काठमाडौँ – नेपाली कांग्रेसले पाँचौपटक पार्टीका तल्ला तहको अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ। निर्वाचन समितिले केन्द्रीय महाधिवेशन फरक नपर्ने गरी तल्ला तहहरुको अधिवेशनमा केही दिन पर धकेलेको छ। सार्वजनिक नयाँ अधिवेशन कार्यतालिका अनुसार वडा तहको अधिवेशन असोज ५ गतेसम्म गर्न समय दिइएको छ। साविकको कार्यतालिका अनुसार भदौ १८ गते नै सुरु भएको अधिवेशन शनिबार (भदौ […]

कांग्रेस महाधिवेशन : देउवाको गृहजिल्लामा २५ भदौमा वडा अधिवेशन

२२ भदौ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौमा वडा अधिवेशन हुने भएको छ । कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलाइ भएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ मात्रै डडेल्धुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । सार्वजनिक भएको […]

कांग्रेस महाधिवेशन : मकवानपुरका १०२ वडामै अधिवेशन हुँदै

हेटौंडा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरमा आज वडा अधिवेशन हुँदैछ। मकवानपुरको १०२ वटै वडाहरुमा वडा अधिवेशन भइरहेको हो। वडा अधिवेशनले आगामी कार्यकालका लागि वडा सभापतिसहित वडा कार्य समिति चयन गर्नेछ भने महाधिवेशनको लागि क्षेत्रीय (बुथ)प्रतिनिधि चयन गर्नेछ। कांग्रेस केन्द्रीय कार्यसमितिले घोषणा गरेको कार्यतालिका अनुसार यसअघि १८ गते…

बागलुङमा कांग्रेस महाधिवेशनको कार्यतालिका मिचियो

बागलुङ- पार्टी केन्द्रले तोकेको कार्यतालिकाअनुसार शुक्रबार नेपाली कांग्रेसको वडा अधिवेशन हुनुपर्नेमा बागलुङमा भने केहीदिन पछिलाई धकेलिएको छ । यही भदौ २१ गते सोमबार जिल्लाका ८५ वटै वडामा एकसाथ अधिवेशन गर्ने निर्णय गरिएको कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जानकारी दिए । वडाको सरे पनि अरु तहको अधिवेशन भने कार्यतालिका बमोजिम नै हुने उनको भनाइ छ । […]

कांग्रेस अधिवेशन : निर्वाचन सामग्रीसहित ५३ जिल्लामा खटिए निर्वाचन अधिकृत

नेपाली कांग्रेस १४औँ महाधिवेशन कार्यतालिका अनुसार भदौ १८ मा तल्लो तह (वडा तह)को अधिवेशन तोकिएको छ। त्यसको तयारीका लागि कांग्रेसलाई तीन दिन मात्रको समय छ।  कांग्रेस कार्यतालिका अनुसार अधिवेशन सम्पन्न गर्नेगरी काम...

कांग्रेस १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक, महाधिवेशन १६ भदौदेखि १९ सम्म

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ। कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन यही १२ साउनमा, गाउँ/नगरपालिका अधिवेशन १६ साउनमा, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउनमा तोकिएको थियो। त्यस्तै, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनमा, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउनमा र प्रदेश अधिवेशन १ र २ भदौमा निर्धारण गरिएको छ।