धेरैजसो अभिभावकको सपना हुन्छ, छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउने । तर डाक्टर, इन्जिनियर बन्ने भाग्य सबैको हुँदैन । यसका लागि अभिभावकसँग रकम भएर मात्रै हुँदैन, विद्यार्थीले प्रवेश परीक्षामा कडा मिहिनेत गरेर नाम निकाल्नु पर्ने हुन्छ । एसईईपछि प्लस टु मा विज्ञान विषय उत्तीर्ण विद्यार्थीले डाक्टर, इन्जिनियर बन्ने सपना देख्न सक्छन् । इन्जिनियर हुन चाहनेले अनिवार्य रूपमा इन्जिनियरिङ अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षा दिई विद्या परिषद्ले तोकेअनुसार न्यूनतम अंकभार ल्याउनु पर्छ । यसका ल