राधी विद्युतको खुद नाफा करिब १८ प्रतिशत कम

काठमाडौं । राधी विद्युत कम्पनी...

सम्बन्धित सामग्री

६० प्रतिशत पूँजी बढाएको हिमालयन डिष्टिलरीको खुद नाफा साढे ३७ प्रतिशत घट्यो

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६६ करोड १ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म १ अर्ब ५ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ३७ दशमलव ५४ प्रतिशत कम खुद नाफा गरेको हो । सञ्चालन नाफा पनि अघिल्लो वर्षभन्दा ३५ दशमलव ६५ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष १ अर्ब ४७ करोड रूपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ९५ करोड २ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । कुल सञ्चालन आम्दानी अघिल्लो वर्षभन्दा २८ दशमलव ६१ प्रतिशत कम १ अर्बृ ७८ करोड रूपैयाँभन्दा बढी भएको छ । ६० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी २ अर्ब ४२ करोड ९५ लाख ६६ हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम पनि अघिल्लो वर्षभन्दा ३० दशमलव ३८ प्रतिशत कम ९२ करोड ३३ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी २७ रूपैयाँ १७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रूपैयाँ छ ।

गत वर्ष बुटवल पावरको खुद नाफा करीब साढे २ प्रतिशत घट्यो

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा २ दशमलव ४९ प्रतिशत कम खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म २७ करोड ४१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष २६ करोड ७३ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो । गत वर्ष कम्पनीले अघिल्लो वर्षभन्दा ६ दशमलव ५३ प्रतिशत कम ७२ करोड ४४ लाख रुपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको छ । विद्युत विक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफासमेत घट्न पुगेको हो । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार छ । अन्य इक्वीटी भने ३ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी छ । वित्तीय आम्दानी अघिल्लो वर्ष ९ करोड ९९ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको गत वर्ष १० करोड ३४ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २०५ रुपैयाँ १० पैसा छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

३७ % भन्दा बढीले घट्यो मिथिला लघुवित्तको खुद नाफा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. २ करोड १७ लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष ३७ दशमलव २५ प्रतिशत कम खुद नाफा गरेको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ४६ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा करीब ३९ प्रतिशत कम हुँदा खुद नाफामा असर परेको हो । गत वर्ष रू. ४ करोड २७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २ करोड ६२ लाखभन्दा बढी मात्र यस्तो नाफा गरेको छ ।  सम्भावित जोखिम शीर्षकको रकममा वृद्धि भएकाले यस वर्ष कम्पनीको सञ्चालन नाफा घटेको हो । गत वर्ष रू. ५३ लाखभन्दा बढी रहेको सम्भावित जोखिम शीर्षकको रकम यस वर्ष रू. ८७ लाखभन्दा बढी रहेको छ । गत वर्ष रू. १ करोड १६ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ७९ लाखभन्दा बढी मात्र खराब कर्जा संकलन गरेको छ । २५ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर रू. १७ करोड ४ लाख ३७ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम रू. १८ करोड २० लाखभन्दा बढी कायम भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट यो दोस्रो त्रैमाससम्म कम्पनीले रू. १ अर्ब ३० करोडभन्दा बढी कर्जा सापटी लिएको छ । कम्पनीले दोस्रो त्रैमाससम्म रू. ७९ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. २ अर्ब ३१ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा भने गत वर्षभन्दा यस वर्ष कम भएको छ । गत वर्ष ३ दशमलव ९५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव २९ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २५ दशमलव ५२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २०६ दशमलव ८१ रहेको छ ।

नाडेप लघुवित्तको खुद नाफा ५५.७५% कम

फागुन २, काठमाडौं । चालू आर्थिक  वर्षको दोस्रो त्रैमाससम्म नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. २ करोड १ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ५५ दशमलव ७५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ५६ लाख खद नाफा गरेको थियो ।  गत वर्षभन्दा यस वर्ष सम्भावित जोखिम शीर्षकमा १५ दशमलव ७० गुणा बढी रकम छुट्याएका कारण सञ्चालन नाफा ५७ दशमलव ७२ प्रतिशत कम भएको छ ।  गत वर्ष रू. ५३ लाखभन्दा बढी सम्भावित जोखिम शीर्षकमा छुट्याएको कम्पनीले यस वर्ष रू. ८ करोड ३९ लाखभन्दा बढी रकम छुट्याएको छ । गत वर्ष रू. ६ करोड ९४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २ करोड ९३ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । सञ्चालन नाफा घटेसँगै खराब कर्जा संकलन यस वर्ष नभएकाले पनि खुद नाफामा कमी आएको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६७ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ४० करोड ४८ लाख छ । जगेडा कोष रकम गत वर्षभन्दा ३५ प्रतिशत बढेर रू. ३८ करोड ८२ लाखभन्दा बढी कायम भएको छ । कर्जा सापटी भने गत वर्षभन्दा १२ दशमलव ६६ प्रतिशत कम रू. २ अर्ब ३ करोड रहेको छ ।  कम्पनीले यस वर्ष २० दशमलव ३२ प्रतिशत बढी रू. १ अर्ब ६६ करोड ८७ लाख निक्षेप संकलन गरेको छ भने ८ दशमलव ४७ प्रतिशत बढी रू. ४ अर्ब ६४ करोड ७० लाख कर्जा प्रवाह गरेको छ ।  गत वर्ष ४ दशमलव ४२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ६ दशमलव २० प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ९८ र प्रतिशेयर नेटवर्थ रू. १९५ दशमलव ९० रहेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा ३१.३२% बढ्यो

माघ २७, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ७ करोड ६० लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३१ दशमलव ३२ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५ करोड ७८ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको आम्दानी २७ दशमलव ९९ प्रतिशत बढी र खर्च २१ दशमलव ९९ प्रतिशत बढी भएको छ । कम्पनीले रू. ११ करोड ५२ लाखभन्दा बढी आम्दानी गरेको हो भने रू. ३ करोड ९२ लाखभन्दा बढी खर्च गरेको छ ।  कम्पनीले गत वर्षभन्दा यस वर्ष २४ दशमलव ८३ प्रतिशत बढी रू. १ अर्ब ४४ करोड कुल बीमाशुल्क आर्जन गरेको छ भने १५६ दशमलव २३ प्रतिशत बढी रू. ३७ करोड २४ लाख कुल दाबी भुक्तानी गरेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ भने जगेडा कोष रकम रू. १८ करोड १७ लाखभन्दा बढी छ । कम्पनीको जीवन बीमा कोष रकम भने रू. ३ अर्ब ३६ करोडभन्दा बढी छ । जगेडा कोष रकम गत वर्षभन्दा ८ दशमलव ४६ प्रतिशत कम भएको हो भने जगेडा कोष रकम ८७ दशमलव २७ प्रतिशत बढेको हो ।  वार्षिक प्रतिशेयर आम्दानी रू. ७ दशमलव २४ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव २० रहेको छ ।

यसवर्ष एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा साढे ५२% कम

माघ १३, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४ करोड ७० लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ९ करोड ९३ लाखभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ५२ दशमलव ६६ प्रतिशत कम भएको हो । सञ्चालन नाफा पनि गत वर्षभन्दा यस वर्ष ५२ दशमलव ६६ प्रतिशतनै घटेको छ ।  गत वर्ष रू. १४ करोड १९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ७१ लाखभन्दा बढी यो नाफा गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ४ करोड २४ लाखभन्दा बढी छ ।  ३० प्रतिशत हकप्रद शेयर र १२ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी रू. १ अर्ब १५ करोडभन्दा बढी पु¥याएको कम्पनीको शेयर प्रिमियम र रिटेन्ड अर्निङ सहित जगेडा कोष रकम रू. ४२ करोड ११ लाखभन्दा बढी कायम भएको छ ।  गत असार मसान्तसम्मको तुलनामा पुस मसान्तसम्म कुल जगेडा कोष रकम १६ दशमलव २२ प्रतिशत घटेको हो । यस अवधिसम्म जगेडा कोष रकम गत वर्ष रू. ५० करोड २६ लाख ६२ हजार थियो । निक्षेप संकलन गत असार मसान्तसम्मको भन्दा २ दशमलव ३६ प्रतिशत वृद्धि भई रू. ११ अर्ब ६६ करोडभन्दा बढी भएको छ भने कर्जा प्रवाह १२ दशमल ४६ प्रतिशत बढी रू. १० अर्ब ३४ करोडभन्दा बढी भएको छ ।  निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव शू्न्य ५ रहेकोमा यस वर्ष बढेर ३ दशमलव ७१ पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव १७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ५६ छ ।

यस वर्ष ३०.२५% घट्यो आरम्भ चौतारी लघुवित्तको खुद नाफा

माघ ११, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ४ करोड ३५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  मंगलवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ३० दशमलव २५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड २४ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  यस वर्ष सञ्चालन नाफा १ प्रतिशत मात्र बढेको छ । गत वर्ष रू. ६ करोड ७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ हरोड ३२ लाखभन्दा बढी यो नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खराब कर्जा संकलन कम भएकाले खुद नाफा घटेको हो । गत वर्ष रू. ३ करोड ८२ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ५८ लाख ५५ हजार मात्र संकलन गरेको हो ।  कम्पनीको हाल चुक्तापूँजी रू. ३६ करोड ९ लाख २३ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष ४४ दशमलव ६७ प्रतिशत वृद्धि भई रू. १९ करोड १० लाख ४५ हजार कायम भएको छ । कम्पनीले गत वर्षभन्दा यसवर्ष ८० दशमलव ३९ प्रतिशत बढी रू. ३ अर्ब ४८ करोडभन्दा बढी कर्जा सापटी लिएको छ ।  गत वर्षभन्दा ४८ दशमलव ८१ प्रतिशत बढी रू. १ अर्ब ५७ करोड ९३ लाख निक्षेप संकलन गरेको कम्पनीले करीब २ प्रतिशत बढी रू. ५ अर्ब ४६ करोड ९२ लाख कर्जा प्रवाह गरेको छ ।  गत वर्ष ४ दशमलव ८२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर ३ दशमलव ९० प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २८ दशमलव ३७ र प्रतिशेयर नेटवर्थ रू. ४३ दशमलव २४ रहेको छ ।

यो वर्ष गोर्खाज फाइनान्सको खुद नाफा ७४.८५% घट्यो

माघ ९, काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले आइतवार चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा यस वर्ष गत वर्षभन्दा ७४ दशमलव ८५ प्रतिशत कम भएको छ ।  गत वर्ष रू. ६ करोड ५८ लाख ९१ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ६५ लाख ७० हजार मात्र यो नाफा गरेको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा ८७ प्रतिशत घटेकाले खुद नाफामा कमी भएको हो । गत वर्ष रू. २४ करोड ३३ लाख ६५ हजार रहेको सञ्चालन नाफा यस वर्ष रू. ३ करोड १५ लाख ५९ हजार मात्र भएको हो ।  यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. १७ करोडभन्दा बढी ऋणात्मक रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७९ लाख ९३ हजार रहेको छ । कम्पनीको जगेडा कोष रकम ७० करोड ४८ लाख ११ हजार रहेको छ भने शेयर प्रिमियमा रू. २ करोड २३ लाखभन्दा बढी छ । कम्पनीको रिटेन्ड अर्निङ भने रू. १७ करोडभन्दा बढी ऋणात्मक रहेको छ ।  कम्पनीले गत वर्षभन्दा ९ दशमलव ८२ प्रतिशत कम रू. ७ अर्ब ३५ करोड ८३ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने ५ दशमलव ८४ प्रतिशत बढी रू. ५ अर्ब ६५ करोड ३५ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।  गत वर्ष ४ दशमलव ४२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ८ दशमलव १७ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४ दशमलव ४६ र प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव १७ छ ।

साल्ट ट्रेडिङको नाफामा झण्डै ६५ प्रतिशत गिरावट

अघिल्लो वर्षको तुलनामा यस वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनको नाफामा झण्डै ६५ प्रतिशत गिरावट आएको छ ।  कम्पनीले जारी गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट अनुसार कर्पोरेसनले अघिल्लो वर्षभन्दा ६४.९४ प्रतिशतले कम नाफा कमाउँदै ४८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष कम्पनीले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसवर्ष बिक्रीबाट हुने आम्दानी पनि ३०.६० प्रतिशतबाट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा झरेको कम्पनीले जनाएको छ । गत वर्ष साल्टले बिक्रीबाट २ अर्ब ३० करोड रुपैया

यस वर्ष १७% कम भयो सामुदायिक लघुवित्तको खुद नाफा

वैशाख १९, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा यस वर्ष १७ प्रतिशत कम भएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्ष रू. २ करोड ६ लाख ५९ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ७१ लाख १० हजार मात्र यो नाफा गरेको हो ।  यस वर्ष कम्पनीको सञ्चालन नाफा ४० प्रतिशत कम हुदा खुद नाफा घटेको हो । गत वर्ष रू. ३ करोड १६ लाख ७३ हजार सञ्चालन नाफा गरेको कम्पनीको यो नाफा यस वर्ष सम्भावित जोखिम शीर्षकमा बढी रकम छ्ट्याएकाले रू. १ करोड ८९ लाख ७३ हजार सञ्चालन नाफा भएको हो । गत वर्षभन्दा यस वर्ष सम्भावित जोखिम शीर्षकमा ३१६ प्रतिशत बढी रू. २ करोड ९४ लाख ५५ हजार रकम छुट्याइएको छ । गत वर्ष शून्य रहेको खराब कर्जा संकलन यस वर्ष रू. ७९ लाख १३ हजार रहेको छ । ३२ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १३ करोड २० लाख पु¥याएको कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा २८ दशमलव ६५ प्रतिशत कम रू. ६ करोड ६५ लाख ५ हजार कायम भएको छ । यस वर्ष २० प्रतिशत बढी रू. ४९ करोड १६ लाख १६ हजार निक्षेप संकलन गरेको कम्पनीले १९ प्रतिशत बढी रू. १ अर्ब २९ करोड ८७ लाख ३७ हजार कर्जा प्रवाह गरेको छ ।  कम्पनीले गत वर्षभन्दा ११ प्रतिशत बढी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रू. ६९ करोड २८ लाख ७७ हजार बराबरको कर्जा सापटी लिएको छ । गत वर्ष कम्पनीको निष्क्रिय कर्जा २ दशमलव शून्य ५ रहेकोमा यस वर्ष ६ दशमलव शून्य ८ पुगेको छ । तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू. १७ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रू. १५० दशमलव ३८ रहेको छ ।