जोनी डेपले मुद्दा जिते, एम्बर हर्डले लगाएको आरोप झुटो ठहरियो

काठमाडौं : हलिउड फिल्म पाइरेट्स अफ क्यारेबियन्सका चर्चित अभिनेता जोनी डेपले पूर्वपत्नी एम्बर हर्डविरुद्धको मानहानी मुद्दा जितेका छन्।गत ६ सातादेखि लगातार चलिरहेको यी हलिउड स्टारहरूको मुद्दाले धेरैको ध्यान खिचेको थियो। सुनुवाइका क्रममा दुवैले एकअर्काप्रति शारीरिक तथा मानसिक दुर्व्यवहारका गम्भीर आरोप लगाएका थिए। दुवैका निजी जीवनका मसिना कुराहरू समेत मिडियामा छरपष्ट भएका थिए।बुधबार अदालतले एम्बरले पूर्वपतिको मानहानी गरेको ठहर्‍याउँदै १५ मिलियन डलर भुक्तान गर्नुपर्ने फैसला सुनाएको छ। १५ मिलियनमध