फेरियो पुम्दीकोट

उत्तरतिर फर्किएर उभिएपछि एकै मेसोमा ताल, हिमाल र पोखरा सहर देखिने पुम्दीकोट केही वर्षअघिसम्म ओझेलमा थियो । स्थानीयले भ्यु टावर बनाएर पर्यटक आकर्षित गर्न खोजेपछि सोचेजस्तो भएनन् । फाट्टफुट्ट मात्रै पर्यटक पुगे । कोरोना महामारीकै बेला विशाल महादेव मूर्ति बनेपछि भने पुम्दीकोटको परिचय फेरिएको छ ।

सम्बन्धित सामग्री

पर्यटकको रोजाइमा पुम्दीकोट

पोखरा आउने पर्यटक अचेल आसपासका अरू पर्यटकीय स्थलसम्म पनि पुग्छन् । सराङकोट, काहुडाँडा, शान्ति स्तूपलगायतका ठाउँबाट पोखरा उपत्यका र हिमाल नियाल्नेले अहिले नयाँ गन्तव्य भेट्टाएका छन् पुम्दीकोट । पोखरा महानगरपालिका–२२ मा फेवातालको माथि डाँडामा पर्ने पुम्दीकोट अचेल आन्तरिक र बाह्य पर्यटकको समेत रोजाइमा पर्न थालेको छ । ४० करोड रुपियाँको बृहत् गुरुयोजना अनुरूप काम भइरहेको यो कोटमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमेत पुग्नुभएको थियो ।

पुम्दीकोटमा सुमेरु पर्वत (फोटो फिचर)

पोखरा – पोखरामा आएका आन्तरिक र बाह्य पर्यटकको सर्वाधिक रोजाइमा छ पुम्दीकोट। पोखरा आएका पर्यटक १ घण्टाको सवारी यात्रा गरेर पुम्दीकोट पुग्नु आजभोलि अनिवार्यजस्तै छ। पृष्ठभूमिमा अन्नपूर्ण हिमश्रृंखला, काखमा फेवाताललाई राखेर सिंहासनमा बसेको ५१ फिट अग्लो विशाल महादेवको मूर्तिले पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा पर्यटक लोभ्याएको हो। कुनै बेला सुनासान पुम्दीकोटले पर्यटकीय पूर्वाधार निर्माणपछि स्वरुप फेर्दै पर्यटकले […]

गन्तव्य पुम्दीकोट (तस्बिरहरु)

पोखरा – माछापुच्छ्रे हिमाल पृष्ठभूमिमा राखेर निर्माण गरिएको ५१ फिट अग्लो महादेवको मूर्ति। संसारकै सबैभन्दा ठूलो ३१ फिटको शिव डमरु। उही थलोबाट देखिने फेवाताल र पोखरा सहरको दृश्य। यिनै कारण पोखरा महानगरपालिका–२२ पुम्दीकोट पर्यटनमा दरिँदै छ। पोखरा आएका पर्यटक एक पटक पुम्दीकोटको विशाल महादेव मूर्तिसम्म पुग्ने चलन बढ्दो छ। केही वर्षदेखि यहाँ पर्यटकको धुइरो लाग्न […]

पुम्दीकोट महादेवको मूर्ति दर्शनार्थीलाई खुला

पोखरा- पोखरा–२२ स्थित पुम्दीभुम्दीको पुम्दीकोट महादेवको मूर्तिमा मंगलबार शिवरात्रि पर्वको अवसरमा दर्शनार्थीलाई पूजा सहित दूध चढाउन खुला हुने भएको छ ।पुम्दीकोट विकास समितिको आयोजनामा शिवरात्रिको अवसरमा बिहानै देखि शिवका भक्तलाई पूजा सहित दूध चढाउनका लागि खुला गरिने भएको समितिकाअध्यक्ष चन्द्रकान्त बरालले बताए । उनले भने,“यसपालि हामीले औपचारिक उद्घाटन सहितको भव्यरूपमा शिवरात्रिमा पूजा गर्ने तयारी पुगेन, […]

महादेवको मूर्ति बनाउन महापुराणको सहारा

पोखरा– महायज्ञ लगाएरै महादेव मूर्ति बनाउन थालिएको कास्कीको पुम्दीकोट अहिले पर्यटकीय गन्तब्यको रूपमा विकास हुँदै गएको छ । पोखरा आउने अधिकांश पर्यटक पुम्दीकोट पुगेर फर्किन्छन् । तर मूर्ति निर्माणको काम भने सकिएको छैन । हालसम्म आधा काम मात्रै पूरा भएको र बाँकी काम पूरा गर्न आर्थिक अभाव भएको निर्माण समितिले जनाएको छ । अपुग रकमको […]

१० करोड संकलन गर्ने उद्देश्यसहित पुनः पुम्दीकोटमा महायज्ञ हुने

धार्मिक पर्यटनको गन्तव्य हुन थालेको पोखरा २२ स्थित पुम्दी भुम्दीको पुम्दीकोट बिशाल महादेवको मूर्तिको अधुरा काम पूरा गर्न पुनः महायज्ञ हुने भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा बिशालम हादेवको मुर्तिका अधुरा काम पुरा गर्न आउँदो माघ महिनाको ८ देखि १८ गतेसम्म शिवमहापुराँण एवं धार्मिक पर्यटन महोत्सव हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा […]

पोखरामा थपिएको नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोट (तस्बिरसहित)

पोखरा । पोखरामा पछिल्लो समय थपिएको आकर्षक एवं मनमोहक पर्यटकीय गन्तव्य पुम्दीकोटमा महादेव (शिव) भगवानको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । समुन्द्र सतहदेखि १५ सय मिटरको उचाइमा रहेको यस ठाउँलाई पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न भगवान् शिवको विशाल मूर्तिसहित आकर्षक भौतिक संरचना निर्माण थालिएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।पुम्दीकोटमा ४० करोडको लागतमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न ५२ फिट अग्लो शिव मूर्तिसहित भौतिक संरचना निर्माण भइरहेको छ ।

पुम्दीकोटको महादेव मूर्ति मौलिक पर्यटनको केन्द्र बन्छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जर्नादन शर्माले पोखरा २२ स्थित पुम्दीकोटमा निर्माणकै क्रममा रहेको महादेवको मूर्ति नेपालको मौलिक पर्यटनको केन्द्र बन्ने बताएका छ्न । शनिबार महादेवको मूर्ति अवलोकन गर्दै मन्त्री शर्माले नेपालको मौलिक पर्यटनको केन्द्र बन्ने बताए ।महादेवको मूर्तिले संस्कृतिक र राष्ट्रियतालाई स्थापित गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए । सो महादेवको मूर्तिले पुम्दीकोट क्षेत्रको मात्र नभई पोखरा र […]

पोखरा क्षेत्रमा थप पर्यटकीय गन्तव्य आवश्यक : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आन्तरिक तथा बाह्य पर्यटक प्रबर्द्धन गर्नका लागि पोखरा क्षेत्रमा थप पर्यटकीय गन्तव्यको विकास गर्नु पर्ने बताएका छन् । सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलसहितका मन्त्रीहरुको स्वागतका लागि पुम्दीकोट कोट विकास समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पोखरा आउन पर्यटकको भ्रमण लम्ब्याउनका लागि थप पर्यटकीय गन्तव्यको बिकार गर्न आवस्यक रहेको बताएका हुन् । मुख्यमन्त्री पोखरेलले पोखरा २२ स्थित पुम्दीकोटमा निर्माण हुदै गरेको बिशाल