पोखरा । पोखरामा पछिल्लो समय थपिएको आकर्षक एवं मनमोहक पर्यटकीय गन्तव्य पुम्दीकोटमा महादेव (शिव) भगवानको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । समुन्द्र सतहदेखि १५ सय मिटरको उचाइमा रहेको यस ठाउँलाई पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न भगवान् शिवको विशाल मूर्तिसहित आकर्षक भौतिक संरचना निर्माण थालिएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।पुम्दीकोटमा ४० करोडको लागतमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न ५२ फिट अग्लो शिव मूर्तिसहित भौतिक संरचना निर्माण भइरहेको छ ।