भारतबाट खेलौना, जुत्ता र बाइसाइकल सोर्सिङ गर्दै वालमार्ट

काठमाडौं । अमेरिकी खुद्रा कम्पनी वालमार्टले भारतबाट खेलौना, जुत्ता र बाइसाइकल सोर्सिङ गर्न खोजिरहेको छ । कम्पनीले भारतबाट आफ्नो निर्यात बढाएर सन् २०२७ सम्ममा १० अर्ब पुर्याउन खोजेको छ । यही लक्ष्य हासिलमा मद्दत मिलोस् भनेर कम्पनीले भारतीय आपूर्तिकर्ताहरुबाट थप वस्तु किन्न खोजेको हो ।  खाद्यान्न, औषधि, उपभोग्य वस्तु, स्वास्थ्य र समृद्धि सामाग्री अनि लत्ता कपडासमेतका अन्य सामान उपलब्ध गराउने आपूर्तिकर्ता पनि कम्पनीले खोजेको छ । कम्पनीको मुख्यालयका अधिकारीहरुले हालै भारतका अनेकौं खेलौना उत्पादकहरुसँग अनलाइनमा कुराकानी गरेका थिए । सो वार्तामा वालमार्टले सम्भावित आपूर्तिकर्ताहरुरलाई आफ्ना आवश्यकता अनि अपेक्षित मापदन्डबारे जानकारी दिएको थियो । आईकिया लगायत अन्य बहुराष्ट्रिय कम्पनीहरुले यस अघि नै आफ्नो अन्तरराष्ट्रिय व्यवसायका लागि भारतबाट खेलौना आउटसोर्स गरिरहेका छन् । यसलाई महत्वपूर्ण मानिएको छ । केही वर्ष अघि पनि भारतको खेलौना निर्यात भन्दा आयात धेरै थियो । यो सबै उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्वन विभागको प्रयासको फल हो ।  यसले खेलौना उद्योगमा भारतको बढ्दो उपस्थितिलाई उजागर गर्दछ । सन् २०२० को डिसेम्बरमा वालमार्टले भारतको वस्तु निर्यात तेब्बर बनाएर सन् २०२७ मा १० अर्ब डलरमा पुर्याउने वाचा गरेको थियो । यो महीनाको शुरुमा आफ्नो भारत भ्रमणको बेलामा वालमार्टका अध्यक्ष र सीईओ डग म्याकमिलनले भारतबाट निर्यात लक्ष्य पुनः दोहोर्याएका थिए ।  चालू आवको अप्रिल–डिसेम्बर अवधिमा भारतले १० अर्ब १७ करोड रुपया बराबरको खेलौना निर्यात गरेको थियो । अघिल्लो आवभर यसको आकार २६ अर्ब १ करोड रुपया थियो । सन् २०२१–२२ मा भारतको समग्र खेलौना आयात ७० प्रतिशतले घटेर ८ अर्ब ७० करोड रुपयामा आएको थियो ।  घरेलु खेलौना निर्माताहरुलाई प्रोत्साहन दिन सरकारले सन् २०२० को फेब्रुअरीमा खेलौना आयात गर्दाको महसुल २० प्रतिशतबाट बढाए ६० प्रतिशतमा पुर्याएको थियो । यो वर्ष आयात महसुल बढाएर ७० प्रतिशतमा  पुर्याइएको छ । एजेन्सी

सम्बन्धित सामग्री

जुत्ता बाहिरै किन राख्ने?

तर अमेरिका तथा बेलायती कतिपय घरमा जुत्ता फुकाल्न उति जरुरी ठानिदैन। कारण के भने, प्रायः सडकमा कम हिँड्ने हुँदा जुत्ता फोहोर हुँदैन।...

जुत्ता बाहिरै किन राख्ने?

तर अमेरिका तथा बेलायती कतिपय घरमा जुत्ता फुकाल्न उति जरुरी ठानिदैन। कारण के भने, प्रायः सडकमा कम हिँड्ने हुँदा जुत्ता फोहोर हुँदैन।...

जावलाखेल जुत्ता मेलामा एक लाख अवलोकनकर्ता

नेपाली जुत्ता–चप्पल उत्पादक समूहले जावलाखेलमा आयोजना गरेको ‘जावलाखेल जुत्ता–चप्पल दसैँ महोत्सव २०८०’ मा अवलोकन तथा किनमेल गर्नेको संख्या एक लाख पुगेको छ । ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित...

भृकुटीमण्डप जुत्ता चप्पल व्यापार मेलाः सस्तोमा राम्रो जुत्ता किन्ने अवसर

काठमाडौं, वैशाख १२ । राजधानीको भृकुटीमण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’मा जारी रहेको छ । भृकुटीमण्डप गेट सँगैको सानो चौरमा जारी जुत्ता चप्पल मेलामा स्वदेशी उत्पादनका जुत्ता चप्पलको खरिद गर्नेहरुको भिड रहेको छ । आकर्षक छुटसहित स्वदेशी ब्राण्डका प्रतिष्ठित जुत्ता चप्पलहरु छानी छानी किन्न पाउने अवसरको सदुपयोग गर्दै अवलोकनकर्ता तथा खरिदकर्ताहरुको मेलामा दैनिक सहभागीता बढ्दो […]

पाकिस्तानका गृहमन्त्रीमाथि जुत्ता प्रहार (भिडियो)

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाह चढको गाडीमा  जुत्ता प्रहार भएको छ । मंगलबार पञ्जाव विधानसभा बाहिर उनी चढेको गाडीमा जुत्ता प्रहार भएको हो ।

राज्य आफैंले नयाँ जुत्ता उद्योग खोल्नु हुँदैन : जुत्ता उत्पादक संघ

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले राज्य आफैंले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताएका छन्। बिहीबार जुत्ता उत्पादक संघ नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष घिमिरेले भएका...

ब्लुटुथ भएको नाइकको स्मार्ट जुत्ता, जसमा आफैं तुना बाँधिन्छ

तपाईंले स्मार्टफोन, स्मार्टवाच तथा अन्य स्मार्ट ग्याजेटहरू त प्रयोग गर्नुभएकै छ होला । तर के तपाईंले स्मार्ट जुत्ता प्रयोग गर्नुभएको छ ? जुत्ता उद्योगमा स्मार्ट प्रविधिको रिक्तता पूर्ति गर्दै चर्चित जुत्ता ब्राण्ड Nike ले नयाँ स्मार्ट जुत्ता सार्वजनिक गरेको छ । नाइकको यो जुत्ता स्मार्ट तथा पूर्णरुपमा अटोमेटिक छ । यो जुत्ताले रोबोटले जस्तै आफ्नो […]

जुत्ता कारखानामा आगलागी

झापा, माघ २० । झापाको काँकडभिट्टामा रहेको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको छ । मेचीनगर–६ बर्मेली टोलको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ । जुत्ता कारखानामा के कारणले आगलागी भएको हो खुल्ल सकेको छैन् । बिहीबार दिउँसो भएको आगलागी स्थानीय, सुरक्षाकर्मी र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो । मेचीनगर […]

विदेशीलाई टक्कर दिने नेपाली जुत्ता

काठमाडाैं । भृकुटीमण्डपमा नेपालका चर्चित जुत्ता ब्राण्डहरुकाे मेला लागेकाे छ । मेलामा धेरै ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस योजनामा उपलब्ध छन् । विदेशीलाई टक्कर दिने नेपाली जुत्ता मेलाकाे विषेशता हाे ।

गोल्डस्टार जुत्ता अब अमेरिकामा पनि किन्न पाइने

अहिले गोल्डस्टार जुत्ता अष्ट्रेलियामा, जापान र कतारमा पनि विस्तार भइसकेको कम्पनीले जनाएको छ। अब भने यो ब्रान्डको जुत्ता अमेरिकी बजारमा पनि विक्री हुन थालेको हो।