काठमाडौं, २० फागुन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन प्रवर्द्धनका लागि सुरु गरेको अभियानमा विश्राम नलाग्ने बताएका छन् । आज रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ मानपकडीमा इलाका प्रशासन कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमित साधन र स्रोतका कारण विकास र समृद्धिका क्षेत्रा गुणात्मक परिवर्तन गर्न नसकिएको बताए । […]