काठमाडौं, १९ फागुन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी ठगहरुविरुद्ध राज्यले ठूलो अभियान चलाउन लागेको बताएका छन् । आज (शनिबार) गृहमन्त्रीसँग संवृद्धि र सुशासनका कुरा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै, सरकारले हरेक क्षेत्रमा सुशासन कायम गर्ने प्रयास गरिरहेको उनले बताए । ‘अहिले सहकारी ठगहरुविरुद्ध ठूलो अभियान चलाइँदैछ । […]