नेपाल फर्किए प्रधानमन्त्री

काठमाडौं, ७ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन्। युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन्। माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका उनी आज बिहान कतारको राजधानी दोहा हुँदै काठमाडौं आइपुगेका छन्।

सम्बन्धित सामग्री

आजका समाचार : सोनाम ल्होछारदेखी क्यानडाविरुद्व नेपाल विजयीसम्म

दिनभर आजमा माओवादीले पार्टी रूपान्तरण अभियानको समीक्षा गर्ने, सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छ : प्रधानमन्त्री, ६ बुँदे सहमतिपछि काममा फर्किए वीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी, रुसी सेनामा नेपाली भर्ना  : १४० जनाले दिए उद्धारका लागि आवेदन, खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति, नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता, टुँडिखेलमा सोनाम ल्होछार, क्यानाडाविरुद्ध नेपाल चार […]

एक सातापछि प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा फर्किए

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक सातापछि सार्वजनिक कार्यक्रममा फर्किएका छन् । २७ असारमा पत्नी सीता दाहालको निधन भएपछि उनी बुधबारबाट मात्र सार्वजनिक कार्यक्रममा फर्किएका हुन् । मन्त्रिपरिषद्को बैठक र नेपाल इन्जिनियर्स एसोसिएसनको...

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा (तस्बिरहरू)

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवा नेपाल एयरलाइन्सको विमानबाट आइतबार साँझ स्वदेश फकिएका हुन् ।उनलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाण, सभामुख अग्निप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । त्यस अवसर नेपाली सेनाले उनलाई सलामी अर्पण गरेको थियो । गत शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका थिए ।भ्रमणका क्रममा उनले भारतीय समकक्षी नरेन

प्रधानमन्त्री देउवा स्वदेश फर्किए

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार राति स्वदेश फर्किएका छन्। भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी उनी आइतबार राति पौने ८ बजे काठमाडौँ आइपुगेका हुन्। प्रधानमन्त्री देउवा आइतबार बनारस पुगेका थिए। उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बनारसमा स्वागत गरेका थिए। वाराणसीमा देउवाले काशी विश्वनाथ मन्दिर, साम्राजेश्वर पशुपतिनाथ महादेव मन्दिर र कालभैरव मन्दिरको दर्शन गरेका थिए। देउवाको भारत भ्रमणका वेला चारबुँदे सम्झौतामा हस्ताक्षर गरिएको छ।नेपाल भारतबीच नेपा

स्वदेश फर्किए प्रधानमन्त्री देउवा, मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी

स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री शेरबहादुर देउवा बिहीवार स्वदेश फर्केका छन् । कात्तिक १२ गते बेलायत गएका देउवा बिहीवार बिहान स्वदेश फर्केका हुन् ।  स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले हिमाली क्षेत्रको पर्यावरण संरक्षणबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको बताए ।  पत्रकारहरूको एक प्रश्नको जवाफमा कांग्रेस सभापति समेत रहेका देउवाले वर्तमान गठबन्धन चुनावसम्म नै चल्ने दाबी गरे ।  ...

स्वदेश फर्किए राजदूत खतिवडा

काठमाडौं, कार्तिक ११ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍ युवराज खतिवडा बुधबार स्वदेश फर्किएका छन् । सरकार परिवर्तन भएपछि उनी लगायत राजदूतहरूलाई नेपाल फिर्ता बोलाइएको हो । पूर्व मन्त्रीसमेत रहेका खतिवडालाई अक्टोबर २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो । डा खतिवडाले अमेरिका र […]

झलनाथ खनाल स्वदेश फर्किए, स्वागत गर्न माधव नेपाल विमानस्थलमा (लाईभ भिडिओ)

काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किएका छन् । मिर्गौला प्रत्यारोपण गराएर खनाल आज स्वदेश फर्किएका हुन् । उनलाई स्वागत गर्न अध्यक्ष माधव कुमार नेपाल विमानस्थल पुगेका छन् । उनले एमाले दक्षिण्पन्थी भासमा भासिएको र अब विसर्जन हुने दाबी गरे । उनले आफ्नो पार्टी नयाँ […]

भीम रावललाई भेटेर फर्किए माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावललाई भेटेर फर्किएका छन् । पार्टीभित्र देखिएको विवाद समाधान कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष रावलले असन्तुष्ट बन्दै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएपछि पार्टीका कुनै पनि छलफलमा सहभागी नभएका रावललाई भेट्न नेता नेपाल उनकै निजी निवास पुगेका थिए । पार्टीमा भएको १० बुँदे सहमति विपरीत प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मत लिने प्रस्तावमा पार्टी विभाजित भएपछि रावल असन्तुष्ट बनेका थिए ।

शेरबहादुर दम्पती, दुई महिनामै ओली पक्षमा फर्किए

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा पूर्व-मन्त्री शेरबहादुर तामाङ प्रधानमन्त्री केपी शर्मा ओली पक्षमै फर्किएका छन्। दुई महिनाअघि प्रधानमन्त्री ओली पक्षबाट प्रचण्ड–माधव पक्षतर्फ लागेका नेता तामाङ ओली पक्षमै फर्किएका हुन्। उनीसँग उनको श्रीमती तथा प्रदेशसभा सदस्य उषाकला राई पनि ओली पक्षमै फर्किएकी छन्। ओली पक्षमै रहेका उनको दम्पती दुई महिनाअघि मात्रै ओली पक्षसँग असन्तुष्टि... The post शेरबहादुर दम्पती, दुई महिनामै ओली पक्षमा फर्किए appeared first on Purbeli News.