काठमाण्डाै - छिमेकी देश भारतमा जिका भाइरसको सङ्क्रमण फैलिएसँगै नेपालमा पनि जोखिम बढेको छ ।
खुला सीमानाकाका कारण नेपालमा पनि सङ्क्रमण सजिलै फैलन सक्ने भएकाले जोखिम बढेको हो । नेपालमा अहिलेसम्म जिका भाइरसको सङ्क्रमण देखिएको छैन । तर, परीक्षणका लागि किट नै नभएकाले नेपालमा यसका बिरामी छन्, छैनन् भन्ने आधिकारिक पुष्टि गर्न कठिनाइ भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले अहिलेसम्म यो भाइरसबारे कुनै जानकारी नआएको बताउनुभयो । उहाँकाअनुसार नेपालमा जिका भाइरस परीक्षण गर्ने किट नै छैन । त...