काठमाडौं : माघ शुक्ल पक्ष पञ्चमी तिथि। श्रीपञ्चमी वा वसन्तपञ्चमी। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले यो दिन सरस्वतीको विशेष पूजा अर्चना गर्छन्।
यो दिन विद्यार्थीले पुस्तक र कलम, कलासाधकले कला सामग्री तथा संगीत साधकले वाद्ययन्त्रको पूजा गरी सरस्वतीको आराधना गर्छन्। साना बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ। देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वतीपूजाबारे उल्लेख छ।
सेतो वस्त्रमा सुशोभित, चार हातमा स्फटिकको माला, वीणा र पुस्तक ल...