आज वसन्त पञ्चमी, बालबालिकालाई अक्षरारम्भ गराउने उत्तम दिन

काठमाडौं, माघ २३। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । वसन्त पञ्चमीका नामलेसमेत परिचित श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहँदै आएको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने […]

सम्बन्धित सामग्री

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी वसन्त पञ्चमी मनाइँदै

आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ ।

सर्वार्थसिद्धियोगमा वसन्त पञ्चमी, सबै प्रकारका कार्यहरूमा सफलताको योग

आज माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, माता सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। यस वर्ष माघ १२ गते बिहीबारका दिन मीन राशिमा चन्द्रमा शुभ योगमा रहेको समयमा परेकाले शुभ फलदायी तथा सिद्धि योगका रूपमा हेरिरहेको छ। यस्ता समयमा माङ्गलिक कार्यहरू गर्दा कार्य सफलताको योग सुरु गरिएका कार्य सफल हुने मुहूर्त योगमा उल्लेख गरिएको छ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवा लगायतले गरे वसन्त श्रवण

काठमाडौं । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नुभएको छ । आइतबार सो अवसरमा उहाँले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नासाल चोकमा वसन्त श्रवण गर्नु भएको हो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी हुनु भएको थियो । विशेष गरेर आइतबार वसन्त […]

आज वसन्त पञ्चमी, बालबालिका अक्षरारम्भ गर्दै (फोटोफिचर)

काठमाडौं, माघ २३ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गरेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । प्रत्येक […]

मिथिलाञ्चलमा यो वर्ष सरस्वती पूजा दुई दिन

जनकपुरधाम : मधेश प्रदेश अर्थात् मिथिलाञ्चलमा यो वर्ष माघ शुक्ल पञ्चमी अर्थात् सरस्वती पूजा (वसन्त पञ्चमी) दुई दिन मनाइने भएको छ।प्रदेशमा शनिबार माघ शुक्ल पक्षको पञ्चमी तिथि दिनको १२ बजेबाट लाग्ने र आइतबार बिहान ७ बजे नै सो तिथि सकिने भएको कारण अधिकांशले शनिबार वसन्त पञ्चमी मनाउन लागेका हुन्।सोही सिलसिलामा सरस्वती पूजालाई ध्यानमा राखी अहिले मूर्तिकारहरू मूर्ति बनाउन व्यस्त देखिन्छन्। जनकपुरधाम उपमहानगरपालिकाको करिब २६  स्थानमा मूर्तिकारहरू दिनरात मूर्ति बनाउन व्यस्त रहेका छन्।जनकपुरधामको मुज

सरस्वती पूजाका लागि माटोका मूर्ति बनाउन व्यस्त कलाकार (फोटोफिचर)

मधेस प्रदेश अर्थात मिथिलाञ्चलमा यसवर्ष माघ शुक्ल पञ्चमी अर्थात सरस्वती पूजा (वसन्त पञ्चमी) दुई दिन मनाइने भएको छ । प्रदेशमा शनिबार र आइतबार वसन्त पञ्चमी मनाउन लागिएको हो ।  सोही सिलसिलामा सरस्वती पूजालाई मध्यनजर गर्दै अहिले कुम्हाल समुदाय मूर्ति बनाउनमा निकै व्यस्त देखिन्छ । सो समुदायका सदस्यहरु मूर्ति बनाउनका लागि करिब दुई सातादेखि व्यस्त देखिन्छन् ।जनकपुरधाम उपमहानगरका करिब १८ स्थानमा मूर्तिकारहरु दिनरात मूर्ति बनाउनमा व्यस्त छन् । जनकपुरधामको शुक्रबारी हटिया, विद्यापति चोक, क्याम्पस चोकल

शुभ नै शुभको पर्व वसन्त पञ्चमी

विद्याकी अधिष्ठात्री देवीका रूपमा विशेष पूजा–अर्चना गरिने उच्च महिमायुक्त सरस्वती पूजा यस वर्ष तिथिको घटबढका कारण फागुन ४ गते धूमधामका साथ मनाइयो । हामी नेपाली विभिन्न चाडपर्वका धनी छौँ । यस्तै महत्वपूर्ण पर्वमध्ये माघ शुक्ल पञ्चमी तिथिका दिन धूमधामका साथ मनाइने श्रीपञ्चमी पर्व विशेष गरी विद्यार्थी वर्गका लागि सरस्वती आराधनाको विशिष्ट पर्व मानिन्छ । मानव […]

बिक्रीका लागि भयो तयार

सुनसरी सदरमुकाम इनरुवा–१ स्थित माटोबाट निर्माण गरेर बिक्रीका लागि राखेको विद्याकी देवी सरस्वतीका मूर्ति । वसन्त पञ्चमी आउन केही दिन बाँकी रहेका बेला मूर्ति बिक्री गर्न लागिएको छ । तस्वीर, रासस

वसन्त ऋतुको गर्भकाल वसन्त पञ्चमी

कुनै पनि ऋतुको आगमनभन्दा अगाडिका ४० दिनलाई त्यस ऋतुको गर्भकाल मानिन्छ। यही मान्यताअनुसार वसन्तोत्सव पर्वका रूपमा रङ र अबिर दलेर मनाइने फागु वा होरी पर्व वसन्त पञ्चमीको ठीक ४० दिनपछि आउँछ। यसैले वसन्त पञ्चमीबाट वसन्त ऋतुको गर्भकाल मानिने हुनाले लोक समाजमा माघ शुक्ल पञ्चमीलाई वसन्त पञ्चमी पर्वका रूपमा मनाइने गरेको देखिन्छ।