स्वयम्भूमा बालबालिकाको अक्षरारम्भ (तस्बिरहरु)

आज माघ शुक्ल पञ्चमी, अर्थात श्रीपञ्चमी। विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ। काठमाडौंको नील सरस्वतीमा पनि श्रीपञ्चमीको अवसरमा भक्तजनहरुको बाक्लो उपस्थिति छ।...

सम्बन्धित सामग्री

युनाइटेड प्रि स्कुलमा नयाँ भर्ना आह्वान, विशेष छुटको व्यवस्था

काठमाडौं । ललितपुरको सातदोबाटोमा रहेको युनाइटेड प्रि स्कुलमा नयाँ विद्यार्थीका लागि भर्ना खुलेको छ । बालबालिकाहरूको चौतर्फी विकासका लागि निरन्तर क्रियाशील युनाइटेड प्रि स्कुलमा अक्षरारम्भ गराउन चाहने बालबालिकाका लागि नयाँ भर्ना खुला गरिएको विद्यालयले जनाएको छ । श्रीपञ्चमीका दिन अक्षरारम्भ गराउन चाहने अभिभावकहरूले विशेष छुटका साथ आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गराउन सकिने विद्यालयले जनाएको छ […]

श्रीपञ्चमीमा अक्षरारम्भ [तस्बिरहरु]

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी बिहीबार देशभर मनाइँदै छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । यो दिन विद्यारम्भको मुख्य तिथि भएकोले विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । श्रीपञ्चमीका दिन सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

वसन्त पञ्चमीमा अक्षरारम्भ : सरस्वती मन्दिरका भित्तामा बालबालिकाको अक्षरकला

काठमाडौं : विद्याकी देवी सरस्वतीको आज विशेष पूजा आरधना गरिँदैछ। आज विद्यालय प्रवेशको उमेर भएका साना नानीहरुलाई अक्षर चिनाउने उत्तम साइत पनि मानिन्छ। सरस्वती मन्दिरको भित्तामा अक्षर लेख्न सिकाई अक्षरारम्भ गराउने प्रचलन छ। सरस्वती पूजाको अवसरमा स्वयम्भूस्थित सरस्वती मन्दिर परिसरमा बिहानैदेखि बालबालिकाहरु पुगेका थिए। उनीहरुले मन्दिरको भित्तामा विभिन्न अक्षरहरु कोरेका…

आज वसन्त पञ्चमी, बालबालिका अक्षरारम्भ गर्दै (फोटोफिचर)

काठमाडौं, माघ २३ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गरेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । प्रत्येक […]

स्वयम्भुमा अक्षरारम्भ : अब क-क लेख्ने ल !

२३ माघ, काठमाडौं । आज श्री पञ्चमी ।विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ । काठमाडौं उपत्यकाका स्वयम्भु, मैतिदेवी, ललितपुरको लेलेलगायतका मन्दिरमा बिहानैदेखि सरस्वती पूजा गर्नेको भीड छ । आजको दिन बालबालिकाहरुलाई अक्षरारम्भ गराउने चलन भएकोले अभिभावकहरू बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरको भित्तामा लेखेर अक्षरारम्भ गरेका छन् । आजको दिन बालबालिका मात्र […]

अक्षरारम्भ गर्दै बालबालिका, तस्बिरमा हेर्नुहोस्

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्य यन्त्रलगायत साधनको पूजा गरिनेछ ।विद्यालयमा विशेष रूपमा सरस्वतीको पूजा गर्ने गरेको यस वर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधना गर्दै छन् । यस अवसरमा लाजिम्पाटको निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक

आज वसन्त पञ्चमी, बालबालिकालाई अक्षरारम्भ गराउने उत्तम दिन

काठमाडौं, माघ २३। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । वसन्त पञ्चमीका नामलेसमेत परिचित श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहँदै आएको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने […]

श्रीपञ्चमीमा बालबालिकालाई अक्षरारम्भ

बेनीको लिटिल गार्डेन एकेडेमीमा श्रीपञ्चमीको दिन सोमबार बालबालिकालाई अक्षरारम्भ गराइँदै । तस्बिरः रासस