काठमाडौं : हुलाकी राजमार्ग अन्तर्गत पर्ने कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमाथिको पक्की पुल भासिएको छ।कैलाली र बर्दिया जोड्ने राजापुरको पक्की पुल एक छेउमा कटान भएपछि पुल भासिन थालेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नदीको छालले पुलको बर्दियातिरको अन्तिम पिल्लर र जमिनबीचको माटो बगाएपछि जोखिम बढेको हो।कैलालीका सहायक प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले पुल भासिएपछि आवतजावत बन्द गरिएको बताए। त्यो स्थानमा कैलाली र बर्दिया दुबै जिल्लाबाट प्रहरी टोली खटिएको छ।पुलको अन्तिम प